२० साउन २०८३, बुधबार

नेफ्स्कून स्वाधीन अर्थतन्त्र निर्माणमा प्रतिवद्धः कृष्ण पौडेल

२०७० पुष १२, शुक्रबार
नेफ्स्कून स्वाधीन अर्थतन्त्र निर्माणमा प्रतिवद्धः कृष्ण पौडेल

सर्लाही १२ पुस । सर्लाहीको ईश्वरपुर बयलवासस्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभा उदघाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का नवनिर्वाचित सञ्चालक कृष्ण पौडेलले सहकारीले सीमान्तीकृत र सबै तहतप्काका नागरिकहरुको आर्थिक एवम् सामाजिक समृद्धिका लागि सहयोग गर्ने बताउनु भयो । नेफ्स्कून दिगो बचत तथा ऋण सहकारीको माध्यमबाट आम नागरिकको जीवनस्तरमा परिवर्तनमार्फत स्वाधीन अर्थतन्त्र निर्माणमा प्रतिवद्ध रहेको पौडेलले बताउनु भयो ।

कार्यक्रममा सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे, चमेली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भरत साह, स्थानीय समाजसेवी एवम् सहकारीकर्मीहरु राधादेवी घिमिरे, दिनेश मिश्र, शिवहरि ढुंगेल, रमिता चौधरी, उत्तमराज घिमिरे, बेचु तिमल्सेनाले शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट काम गर्ने सहकारीकर्मीहरुलाई सम्मान गरिएको थियो । साधारणसभाले नेफ्स्कूनका नवनिर्वाचित सञ्चालक कृष्ण पौडेललाई कार्यसफलताको शुभकामनाका साथ बधाई दिएको थियो ।
वन्दसत्रले अध्यक्ष बेनीबहादुर कार्कीको प्रतिवेदन र लेखा संयोजक विष्णुहरि मैनालीको प्रतिवेदन सुझावसहित पारीत गरेको छ ।
१३ वर्षअघि स्थापना भएको स्वस्तिक सहकारीले छ सय सदस्यहरुवीच करीव छ करोडको कारोवार गरिरहेको छ । संस्थाले उपभोक्ता वस्तु तथा सेवाको समेत कारोवार गरिरहेको छ ।

अभिलेख

लोकप्रिय