अविरल सहकारीको दोस्रो साधारणसभा
२०७० पुष ११, बिहिबार
बारा, ११ पुस । जिल्लाको फत्तेपुरमा अवस्थित अविरल बचत तथा ऋण सहकारी संस्था पिपरियाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
वार्षिक साधारणसभा उदघाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका नवनिर्वाचित सञ्चालक कृष्ण पौडेलले सहकारी अभियान मुलुकको आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरण, एकता र स्वाधिन अर्थतन्त्र निर्माणको आधारको रुपमा रहेको बताए । कार्यक्रममा फत्तेपुर गाविसका निवर्तमान अध्यक्ष रामबिहारी चौधरी, स्थानीय निमाविका प्रधानाध्यापक भोला चौधरी, साना किसान कृषि सहकारी संस्था फत्तेपुरका रामबाबु चौधरीलगायतले शुभकामना दिए ।
वार्षिक साधारणसभाले नेफ्स्कूनका नवनिर्वाचित सञ्चालक कृष्ण पौडेललाई ससम्मान बधाई दिइएको थियो । साथै संस्थाका पूर्व कर्मचारीलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विकू बचतमा रोजगारीको अवसर
४ आश्विन २०८३, आईतवार
७ लाख बचतबाट २ अर्ब २८ करोड कारोबारसम्म, बालकुमारी साकोसको २७ वर्षे यात्रा
४ आश्विन २०८३, आईतवार
सुयोग्य साकोसको साधारण सभा सम्पन्न, ५ प्रतिशत लाभांश पारित
४ आश्विन २०८३, आईतवार