सहकारीको व्यवस्थापनपछि श्रमिकमाझ उत्साह
२०७० पुष ११, बिहिबार
रसुवा, ११ पुस । श्रमिकको हितका लागि धुन्चेमा पहिलो पटक सहकारी संस्था गठन भई कार्यसञ्चालन भएपछि यहाँका श्रमिकमाझ उत्साह बढेको छ ।
श्रमिकले आयआर्जन गरेका थोर बहुत रकम जम्मा गरी बचत तथा ऋणको माध्यामबाट जीवनोपार्जनमा सहज बनाउने उद्देश्यले संरक्षण बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा ल्याइएको अध्यक्ष लामा कार्पु घलेले बताउनुभयो ।
उक्त सहकारीमा १५० भन्दा बढी श्रमिक आबद्ध भई नियमित रु १०० जम्मा गर्ने परिपाटीले आफूलाई आवश्यक पर्दा ठूूलै गर्जो टर्ने स्थिति सिर्जना भएको श्रमिक याकबहादुर लिम्बूले बताउनुभयो ।
यसैबीच जिल्लामा निर्माण हुने झोलुङ्गे पुल गुणस्तरीय बनाउन अगुवा कामदारलाई प्रशिक्षण दिइएको छ ।
जिल्ला विकास समिति रसुवाका अनुसार यार्सा र भोर्ले गाविसमा निर्माण हुने चार झोलुङ्गे पुल निर्माणका लागि १६ जना अगुवा कामदारलाई दक्ष बनाइएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेफ्स्कूनद्वारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण
४ आश्विन २०८३, आईतवार
विकू बचतमा रोजगारीको अवसर
४ आश्विन २०८३, आईतवार
७ लाख बचतबाट २ अर्ब २८ करोड कारोबारसम्म, बालकुमारी साकोसको २७ वर्षे यात्रा
४ आश्विन २०८३, आईतवार