सहकारीको व्यवस्थापनपछि श्रमिकमाझ उत्साह
२०७० पुष ११, बिहिबार
रसुवा, ११ पुस । श्रमिकको हितका लागि धुन्चेमा पहिलो पटक सहकारी संस्था गठन भई कार्यसञ्चालन भएपछि यहाँका श्रमिकमाझ उत्साह बढेको छ ।
श्रमिकले आयआर्जन गरेका थोर बहुत रकम जम्मा गरी बचत तथा ऋणको माध्यामबाट जीवनोपार्जनमा सहज बनाउने उद्देश्यले संरक्षण बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा ल्याइएको अध्यक्ष लामा कार्पु घलेले बताउनुभयो ।
उक्त सहकारीमा १५० भन्दा बढी श्रमिक आबद्ध भई नियमित रु १०० जम्मा गर्ने परिपाटीले आफूलाई आवश्यक पर्दा ठूूलै गर्जो टर्ने स्थिति सिर्जना भएको श्रमिक याकबहादुर लिम्बूले बताउनुभयो ।
यसैबीच जिल्लामा निर्माण हुने झोलुङ्गे पुल गुणस्तरीय बनाउन अगुवा कामदारलाई प्रशिक्षण दिइएको छ ।
जिल्ला विकास समिति रसुवाका अनुसार यार्सा र भोर्ले गाविसमा निर्माण हुने चार झोलुङ्गे पुल निर्माणका लागि १६ जना अगुवा कामदारलाई दक्ष बनाइएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बिन्धवासिनी साकोसको ३३औँ साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन
२१ आश्विन २०८३, बुधबार
आईडियल साकोसको २७औँ साधारण सभा सुरु, असोज २६ गते निर्णय प्रमाणीकरण सभा
२१ आश्विन २०८३, बुधबार
सहायक खजाञ्चीदेखि सीईओसम्म : मदन बस्नेतको २५ वर्षे सहकारी यात्रा
२१ आश्विन २०८३, बुधबार