अविरल सहकारीको दोस्रो साधारणसभा
२०७० पुष ११, बिहिबार
बारा, ११ पुस । जिल्लाको फत्तेपुरमा अवस्थित अविरल बचत तथा ऋण सहकारी संस्था पिपरियाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
वार्षिक साधारणसभा उदघाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका नवनिर्वाचित सञ्चालक कृष्ण पौडेलले सहकारी अभियान मुलुकको आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरण, एकता र स्वाधिन अर्थतन्त्र निर्माणको आधारको रुपमा रहेको बताए । कार्यक्रममा फत्तेपुर गाविसका निवर्तमान अध्यक्ष रामबिहारी चौधरी, स्थानीय निमाविका प्रधानाध्यापक भोला चौधरी, साना किसान कृषि सहकारी संस्था फत्तेपुरका रामबाबु चौधरीलगायतले शुभकामना दिए ।
वार्षिक साधारणसभाले नेफ्स्कूनका नवनिर्वाचित सञ्चालक कृष्ण पौडेललाई ससम्मान बधाई दिइएको थियो । साथै संस्थाका पूर्व कर्मचारीलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बिन्धवासिनी साकोसको ३३औँ साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन
२१ आश्विन २०८३, बुधबार
आईडियल साकोसको २७औँ साधारण सभा सुरु, असोज २६ गते निर्णय प्रमाणीकरण सभा
२१ आश्विन २०८३, बुधबार
सहायक खजाञ्चीदेखि सीईओसम्म : मदन बस्नेतको २५ वर्षे सहकारी यात्रा
२१ आश्विन २०८३, बुधबार