२० साउन २०८३, बुधबार

नेफ्स्कूनका नवनिर्वाचित सञ्चालक कृष्ण पौडेल सम्मानित

२०७० पुष १०, बुधबार
नेफ्स्कूनका नवनिर्वाचित सञ्चालक  कृष्ण  पौडेल सम्मानित

बारा, १० पुस ।  मुलुकभरका बचत तथा ऋण सहकारी संघ संस्थाहरुको केन्द्रीय छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का नवनिर्वाचित सञ्चालक कृष्ण पौडेल आज सम्मानित भएका छन ।

बाराको मनहर्वास्थित सर्वशुलभ बचत तथा ऋण सहकारी संस्थाले उनलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरेको हो । बारा जिल्ला र मध्यतराईको सहकारी आन्दोलनमा अनवरत रुपमा क्रियाशिल पौडेल नेफ्स्कून जस्तो स्थापित राष्ट्रिय संस्थामा खुला सञ्चालकमा सर्वाधिक मत ल्याई निर्वाचित भएकोमा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतमले नेफ्स्कूनमा पौडेलको विजय बारा जिल्ला र मध्यतराईका सबै प्रकृतिका सहकारी संघसंस्था र सहकारीकर्मीहरुको विजय भएको बताउनु भयो ।

अभिलेख

लोकप्रिय