सहकारीमा मर्जरको लहर,१३ जिल्लाका २९ सहकारी गाभिए

काठमाडौ, ६ पुस । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरु एकापसमा गाभिने क्रम बढेको छ । सहकारी विभागका् तथ्यांक अनुसार १३ जिल्लाका २९ सहकारी संस्थाहरु मर्ज भैसकेका छन्। सहकारी विभागको आर्थिक बर्ष२०६९।७०को बार्षिक प्रतिवेदन अनुसार मकवापुरमा १, नवलपरसीमा १ ,काठमाडौमा १ ,ललितपुरमा १ र भक्तपुरमा २ सहकारी मर्ज भएको उल्लेख गरिएको छ । यस्तै झापामा ४ तनहुमा २,सर्लाहिमा १, मोरंगमा २ काभ्रेमा ६ दोलखामा ४, बाग्लुंगमा ३र धनकुटामा १ सहकारी मर्ज भएको बताएको छ ।
एउटै स्थानका सहकारी संस्था मर्ज भएमा पूजी बढ्ने र खर्च कम हुने भएकाले मर्जको प्रक्रियामा चासो बढ्दै गएको हो । सहकारीहरु मर्ज गर्नुको मुख्य उद्देश्य वित्तीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने संस्थाको विकास गर्नु भएको बताइन्छ । मर्जबाट संस्थागत संस्कारको विकास र प्रशासनिक खर्चसमेत कटौती हुने गर्छ । साथै, सदस्यहरुलाई प्रदान गरिने सुविधालाई प्रभावकारी बनाउन पनि मर्ज गर्न आवश्यक भएको सहकारी विदहरु बताउछन । सहकारी मापदण्ड २०६८ले पनि मर्जलाई प्रथामिकतामा राखेको छ । तर संख्यात्म रुपमा सहरी क्षेत्रमा रहेका वित्तिय सहकारीहरु एकै प्रकृतिमा सञ्चालन भए पनि मर्जमा जान भने खासै उत्साहित देखिदैनन्। नेपालमा सहकारी संस्थाको सङख्या करीब २९ हजार पुगेको अनुमान छ । तीमध्ये १२ हजारभन्दा बढीले बचत तथा ऋणको कारोबार गर्दै आएका छन् ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार