७ वैशाख २०८३, सोमबार

विहारमा महिलालाई छुट्टै सहकारी बैंक

२०७० पुष ४, बिहिबार
विहारमा महिलालाई छुट्टै सहकारी बैंक

विहार सरकारले महिलाहरूलाई मात्र लक्षित गरी सहकारी बैंक खोल्ने भएको छ । महिला शसक्तिकरणका लागि सुरु गर्न लागेको यस अभियान अन्र्तगत पहिलो चरणमा पटना, नालान्दा, भागलपुर जिल्लामा बैंक खोल्ने र यस अभियानलाई विस्तारै राज्यका अन्य भागमा पनि विस्तार गर्ने लैजाने राज्य सरकारले बताएको छ । नालान्दा मुख्यमन्त्री नितेश कुमारको गृह जिल्ला समेत हो ।

राज्य सरकारका उच्च सरकारी अधिकारीका अनुसार महिला सहकारी बैंक खोल्नका लागि तयारी सुरु भइसकेको छ । विहारका प्रारम्भिक सहकारीमा महिलाको आवद्वता र कृषि ऋण सोसाइटीको सख्या समेत बढ्दै गएपछि सरकारले सहकारी बैंक खोल्न जोड दिएको हो । राज्य सरकारले हालै पास गरेको सहकारीसमन्धि एक विद्ययेकले समेत सहकारीहरुमा ५० प्रतिशत महिलाको आरक्षण सुरक्षित गरेको छ । यसैगरी सरकारले राज्य सभामा महिलाको छुट्टै सहकारी बैंक खोल्ने प्रस्ताव लैजाने समेत लागेको जानकारी दिएको छ । “हामी महिलाको लागि सहकारी बैंक खोल्ने तयारीमा लागिसकेका छौं” प्रिन्सिपल सेक्रेटरी को–अपरेटिभ विभागका अतुल प्रसादले भने । बैंकमा महिलाका लागि विशेष व्यवस्था गर्न तयारी गरिरहेको उनले जानकारी दिए । यी बैंकको महिलाहरूले मात्र व्यवस्थापन गर्ने र त्यसमा महिलाहरुले मात्र कारोबार गर्न पाउनेछन् ।

अधिकारीका अनुसार महिला समन्धि सबै सरकारी योजनाहरु र महिला उत्थानका कार्यक्रमहरु समेत सहकारी बैंकमार्फत अगाडी लैजाने बताइएको छ । महिला भित्र पनि दलित र पछाडि पारेका समुदायलाई विशेष प्राथमिकता दिने सरकारले जनाएको छ । सहकारी मन्त्री रामाधर सिंहका अनुसार सहकारी बैंक राज्य सरकारको महिला उत्थान कार्यक्रम मध्ये नयाँ आयाम हुनेछ । सरकारले छानेका जिल्ला पर्यटकिय क्षेत्र समेत भएकाले महिला सहकारी बैंकका कारण थप आकर्षण हुने उनको दावी छ । सिंहका अनुसार सरकारले सहकारीद्धारा उत्पादित बस्तुहरूको बिक्रीका लागि पटनामा जयप्रकाश नारायण शिखर हाटबजार समेत स्थापना गर्न लागेको छ । यसबाट बजारमा महिलाहरुले उत्पादन गरेका बस्तुहरुलाई बिक्री गर्न सजिलो हुने बताइएको छ । राज्य सरकारले सहकारी आन्दोलनलाई अघि बढाउने र महिलालाई सहकारीमा आवद्ध गराउनका लागि विभिन्न गतिविधि संचालन गर्ने बताएको छ । सहकारी विभागले सहकारी अभियानलाई अगाडी बढाउनका लागि महिला सहकारी सम्मेलन गर्ने तयारी समेत गरिरहेको छ ।

मुख्य मन्त्री नितेश कुमारले उद्घाटन गर्ने उक्त सम्मेलनलाई सहायक मुख्य मन्त्री सुशिलकुमार मोदी प्रमुख अतिथि हुनेछन् । यसबाहेक सम्मेलनमा सहकारी अभियानकर्ताहरूको समेत सक्रिय सहभागिता रहनेछ । यसैगरी सम्मेलनमा आस्था महिला नागरिक सहकारी बैंक भुपालकी अध्यक्ष आरति भिसारी, इन्टरनेशनल को–अपरेटिभ एलाइन्सकी लैङगिक समानता कार्यक्रम एसिया प्यासेफिककी सावित्री सिंह, विहार राज्य सहकारी विभागकी सचिव लगायतका विज्ञहरुको सहभागिता रहनेछ । “सम्मेलनले सहकारी अभियानमा महिलाको भूमिका बढाउनका लागि नयाँ घोषणपत्र जारी गर्ने र यो सिंगो सहकारी अभियानका लागि नयाँ आयाम हुनेछ” मुख्य मन्त्री नितेश कुमारले भने । एजेन्सीको सहयोगमा

अभिलेख

लोकप्रिय