१ फागुन २०८१, बिहिबार

सहकारी बैंकमा विगत ५ बर्ष देखि भएको आर्थिक कारोबार र ऋण लगानीको अवस्थाको बारे छानबीन गर्न माग

२०७० पुष ४, बिहिबार
सहकारी बैंकमा विगत ५ बर्ष देखि भएको आर्थिक कारोबार र ऋण लगानीको अवस्थाको बारे छानबीन गर्न माग

काठमाडौ, २ पुस । राष्ट्रिय सहकारी बैकको निर्वाचनमा पराजित भएको राजेशहरी जोशी नेतृत्वको समुहले बैंकमा विगत ५ बर्ष देखि भएको आर्थिक कारोबार र ऋण लगानीको अवस्थाको बरेमा उचित छानबीन गर्न माग गरेको छ । सहकारी विभाग र नेपाल राष्ट्र बैंकको समेत सहभागिता रहने गरि निस्पक्ष छानबीन गर्नु पर्ने उनिहरुले माग गरेका छन् ।

बैंकबाट तेस्रो व्यक्तीको कमसल धितो राखि सहकारी संघ संस्थाको नाममा ऋण प्रबाह गरि सो रकम संघ संस्था मार्फत व्यक्तिगत रुपमा प्रयोग भएको र उक्त रकम जोखिममा रहेको भन्दै सम्पुर्णं शिर्षकका ऋणहरुको छानबीन गर्नु पर्ने उनिहरुले माग अघि सारेका छन ।

जोशी समुहले मंगलबार पत्रकार सम्मेलन गरि गत हप्ता भएको बैंकको निर्वाचनमा धाँधली भएको विभागको नेतृत्वमा निर्वाचनका कार्यक्रमको निश्पक्ष छानबिन गर्न समिति गठन गर्न माग छन् । पत्रकार सम्मेलनमा बोल्दै जोशीले निर्वाचन समिति एक पक्षीयरुपमा गठन गरिएको, निर्वाचनको आचारसंहिताविपरित बैंकको स्रोतसाधान प्रयोग गरेर ६ वटा शाखा स्थापना गरिएको, बैंकको सम्पूर्ण शाखा बन्द गरी कर्मचारीलाई प्रचारप्रसारमा प्रयोग गरिएको, प्रतिनिधि चयन प्रक्रिया र निर्वाचन व्यवस्थापन प्रक्रिया नियमसंगत नभएको, प्रतिनिधि उपस्थिति विवरणसँग नभिडाई व्यक्रिगत परिचयपत्रको आधारमा मतदान गर्न दिइएको आरोप लगाएका छन् । त्यस्तै निर्वाचन कार्यक्रम १५ दिन पूर्व नै प्रकाशित गर्नुपर्ने भए पनि माग १८ गते मात्र निर्वाचनको कार्यक्रम प्रकाशित गरिएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दिपकप्रकाश बास्कोटाले बैंकको निर्वाचनमा बेथिति भएको संयोजकले समेत स्वीकार गरेको बताए । ‘बैंक सहकारी अभियानभन्दा बाहिर गएको छ, यसलाई ट्रयाकमा लिन जरुरी छ’ उनले भने । बैकलाई राष्ट्र बैकजस्तो संघीय ढाँचामा जानुपर्ने तथा केन्द्रिय बैंकको निकायका रुपमा जान आवश्यक भएको बताए । पत्रकार सम्मेलनमा बोल्दै नेपाल बहुउद्देश्यीय केन्द्रिय सहकारी सघका अध्यक्ष सुरेन्द्र भण्डारीले एक साताभित्र आफ्ना माग सम्बोधन नभए आन्दोलन गर्ने बताए । सातदिनसम्म कुनै सुनुवाई नभए हदैसम्मको आन्दोलनका कार्यक्रम घोषणा गर्ने अध्यक्ष भण्डारीले बताए ।

३० हजार सहकारीको एक मात्र बैंक भएकाले सहमतिमै व्यवसायिक नेतृत्व चयन हुन आवश्यक भएको उनको भनाइ थियो । १० वर्षको अन्तरालमा बैंकले व्यवसायिक रुपमा जान नसक्नु दुःखद भएको बताए । बैंकको निर्वाचन मंसिर २४ र २५ गते भएको थियो । निर्वाचनमा रमेशप्रसाद पोखरेल नेतृत्वले सबै पदमा जितेका थिए ।

यद्यपि असन्तुष्ट पक्षले निर्वाचनको परिणाम आएलगत्तै चुनावको गंभीर समीक्षा गरेको थियो । समीक्षाका क्रममा धाँधली भएर आफूहरुलाई हराएको भन्दै बैंकको निक्षेप फिर्ता गर्ने चर्चा चलेपनि असन्टुष्ठ पक्षहरु त्यसो गर्न नहुने निश्कर्षमा पुगेका थिए ।

अभिलेख

लोकप्रिय