७ वैशाख २०८३, सोमबार

सदस्यले असल र खराब सहकारीको पहिचान गर्ने कसरी ?

२०७० पुष ४, बिहिबार
सदस्यले असल र खराब सहकारीको पहिचान गर्ने कसरी ?

अशोककुमार ढकुरीः सचिव

यूनाइटेड गोर्खा सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभ
सर्वप्रथम राज्यले सहकारीलाई प्राथमिकतामा नराख्नुनै यसक्षेत्रको दुर्भाग्य हो देखावटी मात्र छ व्यवहारमा चाही निचोरेर लिने मात्र हो । वास्तवमा सहकारी क्षेत्र राज्यबाट पिडित छ । गल्ती गरे कारबाही गर्ने तर खै राम्रो गर्नेलाई प्रोत्साहन खै स्यावासी । जे जती भएको छ आफ्नै महलमा सहकारी हुर्किरहेका छन् । अब सर्वसाधारणले सहकारीलाई कसरी छुट्याउने भन्ने विषयमा जो सदस्य छन् उनीहरु संस्थाको वार्षिक् साधारणसभामा वर्षमा एकपटक भेला हुन्छन् । अघिपछि वास्ता हुदैन । उनीहरुलाई संस्थाको क्षमता अनुसार शिक्षा, तालिममा सहभागी गराइ हाल्छु । तर जो सहकारीको सदस्यनै छैनन उनीहरुलाई केही कतैबाट सहकारी बुझने अवसरनै छैन न पाठ्यक्रममा छ न राज्यले त्यस्ता व्यक्तिहरुलाई सहकारी चेतना जगाउने कार्यक्रम राख्छ असल खराब सहकारी छुट्याउन सर्वप्रथम सहकारीबारे चेतना हुनुप¥यो त्यो काम राज्यले विद्यालय स्तरदेखिनै पाठ्यक्रममा अनीवार्य समावेस गराएर सर्वसाधारणमा सहकारी चेतना फैलाउन प¥यो अनी मात्र सर्वसाधारणले सहकारीलाई चिन्न सक्छन् ।

नवराज घिमिरे : व्यवस्थापक
लुदेश बचत तथा ऋण सहकारी संस्था काठमाडौं
सर्वप्रथम सदस्यहरुनै जागरुक बन्नुपर्ने अवस्था छ आजभोली । घरैपिच्छे खुलेका छन् सहकारी कुन संस्था असल छ कुन खराब भन्ने विषयमा सदस्य चनाखो हुनपर्छ, भड्किलो व्यवहार तडकभडक हुँदैमा संस्था राम्रो मान्न सकिन्न मूख्य कुरा संस्था कत्तिको परादर्शी छ, सदस्यहरुलाई सस्थाका हरेक क्रियाकलाप सहभागी गराउएको छकी छैन ? सहकारी सचेतना कायक्रम गराएको छकी छैन्। ऋण लगानी जोखिमपूर्ण छकी बचतहरु दुरुपयोग भएको छकी, सञ्चालकहरु विश्वसनीय छनकी छैनन् भनेर सदस्यहरुले अनुगमन गरिएको संस्था नै असल संस्था हो भनी बुझ्नु पर्छ ।

सकुल शाह, अध्यक्ष
भन्ज्याङ्ग चौतारी बचत तथा ऋण सहकारी संस्था
सहकारी सर्वसाधारणको लागि अपरिहार्य बनिसकेको छ । अहिलेको अवस्थामा सहकारी शिक्षाको कमी छ । सहकारी संस्था खोल्ने वित्तिकै कारोबार गरीहाल्नु खराब हो, सर्वप्रथम संस्था र सञ्चालकको बारेमा स्पष्ट बुझ्नुपर्छ । किनकी अहिलेका सहकारीहरुका सञ्चालकका कारण सहकारी शब्दनै बदनामी भएको छ । यहाँत सहकारी भन्ने वित्तिकै झण्डै झण्डै दलालीको जस्तै काम भएका छन् । त्यसैले सर्वप्रथम सहकारी स्थापना देखिनै शिक्षाको व्यवहारिक ज्ञान दिनुपर्छ, सदस्य जागरुक बनाउनुपर्छ र सदस्य आफूपनि जागरुक बन्नुपर्छ सहकारीभित्र व्यत्तिवादी व्यवस्था लागू हुन नदिन सदस्य आफै सकृय रहनुपर्छ की त्यो संस्था र सञ्चालक के छन् कस्ता छन् भन्ने बुझेर सदस्य बन्दा र कारोबार गर्दा सदस्यको आर्थिक सामाजिक उत्थान पक्कै हुन्छ ।

उषा गौतम
अध्यक्ष, हितौषि दिदी बहिनी बहुउद्देश्यीय सहकारी संस्था , काठमाडौं
पक्कै पनि हो अहिले केही सहकारी संस्थाहरुमा समस्या देखिनाले सदस्यहरु मारमा परेका छन् र सहकारी प्रति सदस्यहरुहरुले विश्वास गर्ने अवस्था छैन । यो सहकारी क्षेत्रका लागि चुनौती तर सहकारी मात्र समस्या छैन यस्ता समस्या अरु क्षेत्रमा पनि आउँछ । त्यसैले सबै सहकारी खराबमात्र हुन्छन भन्नुनै गलत हो असल सहकारी पनि छ त्यो छुट्याउने जिम्मा सदस्यहरुको नै हो । सदस्यहरु सक्षम र जागरुक बन्नु सबैभन्दा राम्रो त्यसपछि संस्थाका हरेक कृयाकलापमा सदस्य सहभागी बन्नु पर्छ र सकृय रहनु पर्छ आकर्षक व्याजको मात्र लोभमा नपरी कारोबारी सदस्य मात्र नभएर सही सदस्य बनेर सञ्चालकहरुसँग सधै परिचित पनि रहनु पर्छ । अहिले त कति सदस्यहरुलाई आफू सदस्य भएको संस्थाको ठेगानानै थाहा हुँदैन, सञ्चालकहरु नै चिन्नु हुँदैन अनी कसरी संस्था असल खराब छुट्याउनु । त्यसैले सदस्यहरु नै जागरुक बन्नु जरुरी छ ।

कलावती राई
प्रवन्धक, वीन कोअपरेटिभ बहुउद्देश्यीय सहकारी संस्था, ललितपुर
सर्वप्रथम सर्वसाधारणलाई सहकारी के हो भन्ने बुझाउनुपर्छ । सदस्यलाई के आवश्यकता हो भन्ने सदस्यले बुझनु पर्छ आफ्नो आवश्यकता पहिचान गर्नु जरुरी छ र आवश्यकता अनुरुप संस्थाको खोजी गर्नुपर्छ । अनी त्यो प्रकृतिको संस्थामा सञ्चालकहरुदेखि त्यसको कामगर्ने तरिका बुभ्mनु पर्छ । संस्थाका प्रलोभनबाट टाढै रहेर पारदर्शी सामाजिक सक्रयता सहितको संस्था नै असल संस्था हुन सक्छ त्यो संस्थाले मात्र सदस्यको आवश्यकता महसुस गर्न सक्छ अनी सदस्य केन्द्रित हुन सक्छ । त्यसैले राज्यले सदस्यलाई सहकारी चेतना दिनुपर्छ र सदस्यले आवश्यकता अनुसारको संस्था छनोट गर्नुपर्छ । सदस्यनै सकृय रहनु जरुरी छ ।

रामबहादुर लोताङ
अध्यक्ष, छैमले बचत तथा ऋण सहकारी संस्था, फर्पिङ
पक्कै पनि सहकारी संस्थाहरु अब व्यवस्थित रुपमा खुलेका छन् । संख्यात्मक रुपमा धेरै छन् त्यसमा कति असल कति खराब छन् त्यसैले पछिल्लो समय केही त्यस्ता सहकारीहरुमा समस्या देखिएको छ र सदस्यहरु मर्कामा परिरहेका छन् जसका कारण असल सहकारीका सदस्यहरु पनि असल संस्था प्रति शंका गर्न थालेका छन् । सहकारी समस्यामा आउनुमा धेरै कुराहरु हुनसक्छन त्यमध्ये एउटा प्रमुख कारण सदस्य जागरुक नभएर पनि हो । सदस्य जागरुक र सकृय रहे भने संस्थामा समस्या कमैमात्र आउँछ । अब असल र खराब संस्था पहिचान गर्न दस्यले संस्थाले गर्न हरेक कृयाकलाप प्रति सचेत रहेर त्यस्ता संस्थासँग मात्र कारोबार गर्नुपर्छ ।

अभिलेख

लोकप्रिय