नेफ्सकुन अध्यक्षमा चन्द्र प्रसाद ढकालको उम्मेदवारी
२०७० पुष ४, बिहिबार
काठमाडौं, १ पुस । आगामी पुस ५ गते हुने नेपाल बचत तथा ऋण सहकारी संघ -नेफ्सकुन) को निर्वाचनमा अध्यक्ष पदका लागि सहकारीकर्मी चन्द्र प्रसाद ढकालले उम्मेदवारी घोषणा गर्नुभएको छ । नवलपरासी स्थित ग्रामिण बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधित्व गर्दै ढकालले उम्मेद्धारी दिनुभएको हो । उहाँले यसअघि नेफ्सकुनको लेखा समितीको संयोजकको रुपमा काम गरिसक्नुभएको छ ।
नेफ्सकुनको स्थापनादेखि आबद्ध रहनुभएका ढकाल खुला र उदार अर्थतन्त्रमा नै सहकारीको विकास हुने विश्वास गर्नुहुन्छ । सहकारी आन्दोलनको संरचनागत तथा दिगो विकासका लागि आफूले उम्मेद्धारी दिएको उहाँको दाबी छ ।
बचत तथा ऋण सहकारी संस्थाका १९ सय ६२ जना प्रतिनिधि सहभागि हुने उक्त सभाको उद्घाटन अर्थमन्त्री शंकर प्रसाद कोइरालाले गर्नुहुनेछ ।
अभिलेख
लोकप्रिय

नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts

‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’को रजिष्ट्रेशन खुला
१ फाल्गुन २०८१, बिहीबार
अध्यादेश संशोधन पहलको लागि राष्ट्रिय सहकारी बैंकले बुझायो महासंघलाई सुझाव
२९ माघ २०८१, मंगलवार
धेवा साझेदारीले तिरेन सहकारी बैंकको कर्जा, धितो लिलामी गर्न १५ दिने सूचना
२८ माघ २०८१, सोमबार