तीन सय चौबिस सहकारी संस्थाको निक्षेप पैँतीस करोड
कञ्चनपुर, ४ पुस । कञ्चनपुर जिल्लामा रहेका ३२४ सहकारी संस्थाको कुल निक्षेप रु ३५ करोड ४० लाख ४० हजार पुगेको छ ।
यो गत आवको तुलनामा १० प्रतिशतले बढी हो । गत आवमा यहाँ दर्ता रहेका २१२ सहकारी संस्थाको कुल निक्षेप रु ३१ करोड ८६ लाख ३६ हजार रहेको थियो ।
सहकारी डिभिजन कार्यालय महेन्द्रनगरका सहकारी निरीक्षक बहादुर चन्दका अनुसार ५० बचत तथा ऋण सहकारी संस्थाको निक्षेप रु १४ करोड १३ लाख २८ हजार, ३९ बहुउद्देश्यीय सहकारीको रु १३ करोड ३८ लाख २७ हजार, १३७ कृषि सहकारीको रु पाँच करोड ३९ लाख एक हजार र ११ दुग्ध सहकारी संस्थाको रु पाँच हजार निक्षेप रहेको छ ।
यसैगरी, उपभोक्तामा आधारित ५ सहकारीको रु दुई करोड ४२ लाख चार हजार, ६५ विद्युत् सहकारीको रु ६४ लाख २० हजार र अन्य १६ वटाको रु १६ लाख ४१ हजार निक्षेप रहेको छ ।
सहकारी संस्थाहरूको कुल सेयर पुँजी रु २६ करोड ९५ लाख ४४ हजार रहेको छ ।
सहकारीमा आबद्ध सदस्यहरूको जीविकोपार्जनमा टेवा पुर्याउन कृषि, लघु उद्यम, वैदेशिक रोजगार, पशुपक्षी पालन, किराना पसल र घुम्ती व्यापार सञ्चालनमा निक्षेप रकम परिचालन हुँदै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार