१३ माघ २०८१, आईतवार

सहकारीकर्मी र सञ्चारकर्मीको सम्बन्ध कस्तो ?

२०७० पुष ३, बुधबार
सहकारीकर्मी र सञ्चारकर्मीको सम्बन्ध कस्तो ?

लेखनाथ ढकाल

– तल (सदस्यहरू र सहकारी संस्थाहरू) असल अभ्यासको प्रयासमा हुनुपर्दछ ।
– माथि (नेताहरू र सहकारी संघहरू) असल तथा उपयुक्त विचारको श्रोत हुने प्रयास गर्नु पर्दछ ।
– असल विचार र असल व्यवहारबाट बास्तविक सहकारीको विकास हुन्छ ।

उपयुक्त विचार, सिद्धान्त र विधि–प्रक्रियाका आधारमा असल व्यवहारमा जोड दिने कामबाट वास्तविक सहकारीको विकास हुन्छ । यो कुरामा न्युनतम भए पनि कसैले ध्यान दिएको देख्नु भएको छ कुनै सञ्चारकर्मीहरूले ।

त्यसैले, यी प्रश्न आज आम सञ्चारकर्मीहरू बीच आएका छन् ।
– के सहकारीको नाममा पैसा कमाएकाहरूलाई नेता मान्ने ?
– के सहकारीका नाममा जे पायो तेही बोल्ने लाई नेता मान्ने ?
– सहकारीको नेता हुन सहकारी सोच, चिन्तन, आचारण केही हुनुपर्छ कि पर्दैन ?
– सहकारी नागरिकको स्वतन्त्र क्षेत्र हो कि सबै कुरा राज्यले हेरिदिनु पर्ने हो ?

– सहकारी आफै राज्यले गरेन भनिरहेको छ, यस कुरालाई कसरी हेर्ने बुझ्ने ?

यी धेरै कुरा आज सञ्चार क्षेत्रसंग संवेदनशील जस्तै भएर उठेका छन् । असल अभ्यास र असल गतिविधिको असल सम्प्रेशण हुन्छ । केही विज्ञापन र केही सहयोग गर्लान कि भन्ने आसाले आफ्नो स्ट्यान्डर्डलाई कायम नराखीकन रहदा सञ्चार क्षेत्रले पनि भोलि दुनिंयाको अगाडि विभिन्न प्रश्नको जवाफ दिनु पर्ने हुन सक्नेछ ।

– अतः असल सहकारीकर्मी बन्नुहोस् हामी तपाईलाई साथ दिन्छौ ।
– असल सहकारीको नेता बन्नुहोस हामी तपाईलाई मान्छौ ।
– असल सहकारीको सदस्य बन्नुहोस तपाईको सहकारी असल बन्ने कुरामा योगदान पुग्नेछ, असल सहकारी राष्ट्र निर्माणको भरपर्दो साथी हो– हामी त्यस्ता सहकारीलाई सम्मान गर्छौ ।

नियम कानुनको पालना गर्ने र अनुगमन गरेर ठीक ठाउँमा ल्याउनु पर्ने हो भने त्यो वास्तविक सरहकारी होइन । सहकारी क्षेत्र त आफै असल हुनुपर्दछ । सहकारी भनेपछि कानुन संगत र संस्थागत हुन भन्ने कुरामा नागरिक र राज्यले विश्वास गर्न सक्ने हुनुपर्छ । दुनियामा असल सहकारी अभ्यास संभव भयो तर नेपालमा भने उल्टो गंगा बगेको जस्तो किन भयो ?
December 18, 2013 9:12 am

अभिलेख

लोकप्रिय