सहकारी जोगाउने ठेकेदार को ?
– यादव हुमागाई ।
सहकारी भाग्यो भने भंगेरो टाउके अक्षरमा छाप्नुहुन्छ, हामीले कति राम्रा काम गरेका छौं त्यसको कुनै वास्ता छैन’ सहकारी नेताहरुले संचारकर्मी र संचारमाध्यमलाई बारम्बार लगाउन आरोप हो यो । यतिसम्म कि आजकोभोली सहकारीका नेताहरु संचारकर्मीलाई निजी बैंक तथा वित्तीय संस्थाबाट प्रायोजित र संचालित भन्ने घटिया आरोप समेत लगाउन थालेका छन् । आजकाल कार्यक्रमहरुमा सहकारी नेताहरुको कुरा सुन्दा यस्तो लाग्छ कि आफुहरु मात्र सहकारी जोगाउने ठेकेदार हुन्, आम संचारमाध्यम र संचारकर्मी त सहकारीलाई सिध्याउन मात्र लागि परेका छन् ।
नेपाली संचारमाध्यममा सहकारी विषयले महत्व पाउन थालेको धेरै समय भएको छैन । विषेश गरी जनआन्दोलन–२ को सफलतापछि सुरु भएका आर्थिक विषयवस्तुमा आधारित संचारमाध्यमको दवदवाका कारण मुलधारका अन्य आम संचारमाध्यमले सहकारीलाई समेट्न थालेको हो । अन्तरिम संविधानमा नै सहकारीलाई अर्थतन्त्रको आधारस्तम्भ स्विकार गरेपछि सहकारी उचाइ अझै चुलियो । यसैकारण संचारमाध्यमले पनि सहकारीमा लागेका ठुलो जनसमुदायलाई छोड्न सकेन फलस्वरुप पछिल्लो समयमा सहकारी विषयमा संचारमाध्यमले स्थान पाउदै गयो ।
संचारमाध्यमको प्रकृती नै हो कि गलत कामलाई खबरदारी गर्ने । सोही धर्मलाई निर्वाह गर्दै गलत काम गर्ने सहकारी र तिनका संचालक विरुद्ध लेख्दा अभियानका नेताहरुको टाउको दुखाई किन ? के सहकारी नेताहरु सुधार चाहादैनन् ? उनीहरु संचारमाध्यमको आलोचनात्मक सुझाव सुनेर सुध्रन आवश्यक छैन र । प्रचलित नीतिगत उखान छ, भगवान मलाई मित्रदेखि बचाउ, शत्रुदेखि त म आफै बच्छु । यसै भनाईलाई हेर्दा पनि सहकारी नेतृत्व संचारमाध्यमलाई किन सहन सकेका छैनन् त, प्रश्न गम्भिर छ । संचारमाध्यमले औल्याएको गल्ती सुधार गर्न उनीहरु तयार हुदैनन्, न त प्रशाशित, प्रसारित समाचार गलत हो भनेर पुष्टि गर्ने आधार नै छ, फगत संचारमाध्यमलाई गाली गरेर आफु चोखिन मात्र खोजिरहेका छन् । यति कुनै संचारमाध्यमले गलत कुरा लेखेको छ, बोलेको छ भने कानुनी उपचारको बाटो खोज्नुहोस् न, किन मिथ्या आरोपमा मात्र उत्रनुहुन्छ ।
प्रशंग रह्यो, सहकारीले गरेका राम्रा कामको बारेमा किन समाचार बन्दैन त ? संचारकर्मीको आँखाले हेर्दा सहकारीले गरेका राम्रा कामको पनि धेरै समाचार आएका छन् । तर, जुन रुपमा सहकारीकर्मीले चाहेका छन्, राम्रा कामको बारेमा पनि व्यानर न्यूज बनोस् भनेर सो स्थान पाउने हैसियतको काम सहकारीले गरेका छन् र ? फेरी सहकारी संस्थाले आफु कत्तिको पारदर्शी भएका छन त ? आफ्ना गतिविधि आमसंचारमाध्यममा पुर्याउन कत्तिको पहल गरेको छन् ? यसले पनि महत्वपूर्ण भूमिका खेल्दछ । यसबारेमा किन बुझ्दैनन् त सहकारीकर्मीहरु ?
हो, सकारात्मक कामको पनि समाचार बन्नुपर्छ । जसको कारण राम्रो काम गर्ने सहकारीलाई प्रत्साहन मिलोस् । तर संचारकर्मी आफै जादुको छडी त होइन, जसले सबै किसिमका सुचनाहरु थाहा पाओस्, उसले त जनताका सुचना आमसंचारमाध्यममा पुर्याउने मात्र हो । त्यसैले लुकेका समाचार बाहिर ल्याउनका लागि सम्बन्धित पक्षले पनि पहल गर्नु आबश्यक छ । संचारमाध्यम सर्वसाधारणलाई सुचना दिने सम्वाहक हो । सकारात्मक समाचार दिने नाममा सहकारीको सबै गलत काम विर्सिएर संचारकर्मीहरु घाटीमा हारमोनियम भिरेर भजन गाउँदैनन्, सबैलाई चेतना भया ।
स्रोत : वर्तमान सहकारी मासिक
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार