सहकारीमा आबद्ध किसानले दूध बेचेर करोडौँ भित्राए
बागलुङ, ३० मङ्सिर । किसान सहकारीमा आबद्ध भएर दूधको उत्पादन र बजारीकरण गरिरहेका छन् । दुईभन्दा बढी दुग्ध सहकारीले सामूहिक रुपमा दूध सङ्कलन र बिक्री गर्दै आएपछि किसान व्यावसायिक रुपमा सफल देखिएका छन् । दक्षिण बागलुङका तीन गाविसमा रहेका चार–चार सहकारीमा आबद्ध भएका किसानले दूध बेचेर वार्षिक करोडभन्दा बढी रकम गाउँ भित्र्याएका हुन् ।
पछिल्ला केही वर्षदेखि सहकारीमार्फत दूध उत्पादन र बिक्री वितरण गर्दै आएका किसानले व्यवसायबाट सफलता हात पारेपछि उत्साहित बनेका छन् । गत आव २०६९÷०७० को असार मसान्तसम्ममा किसानले एक लाख ६२ हजार ९१४ लिटर दूध उत्पादन गरी बिक्री गरेको बलेवा नारायणस्थान सहकारी संस्थाका सदस्य प्रताप पौडेलले बताउनुभयो । उक्त दूधको बिक्रीबाट रु एक करोड ५१ हजार २९६ गाउँ भित्रिएको सहकारीले जनाएका छन् ।
कुश्मीशेरामा रहेको पल्लोपाखा दुग्ध उत्पादक सहकारी संस्था लि, अमलाचौरमा रहेका कालीगण्डकी र नवनमुना दुग्ध उत्पादक सहकारी संस्था र नारायणस्थानमा रहेको बलेवा नारायणस्थान दुग्ध उत्पादक सहकारी संस्थाले संयुक्त रुपमा दूध सङ्कलन गरी बिक्री गर्दै आएका छन् ।
अहिले पल्लोपाखा दुग्ध उत्पादन सहकारीमा आबद्ध ६० जना, कालीगण्डकी दुग्ध उत्पादन सहकारीमा आबद्ध ११२ जना, नवनमुना सहकारीमा आबद्ध ४५ जना र बलेवा नारायणस्थान सहकारीमा आबद्ध ४८ जना किसानले दूध उत्पादन गर्दै आएका छन् । “सानो सानो मात्राको दूधलाई सङ्कलन गरी बिक्री गर्दा किसानलाई निकै फाइदा भएको बलेवा नारायणस्थान सहकारीका सदस्य प्रताप पौडेलले बताउनुभयो ।
विभिन्न गाविसमा रहेका दुग्ध उत्पादक सहकारीले उत्पादन गरेको दूधलाई एकीकृत गरी बजार प्रवद्र्धन गर्ने उद्देश्यले छ वर्षअघि ती सहकारीले संयुक्त बिक्री केन्द्रको स्थापना गरी कुश्मा बजारबाट दूध बिक्री वितरण गर्दै आएका छन् । अहिले ती सहकारीमध्ये कालीगण्डकीले ३५०, पल्लोपाखाले १००, बलेवा नारायणस्थानले १२० र नवनमुनाले ६० लिटर दूध दैनिक उत्पादन गर्दै आएका छन् । दूधको उत्पादनमा सुक्खा मानिने मौसम चैत वैशाखमा समेत सहकारीले ६०० देखि ८०० लिटर दूध उत्पादन गर्ने गरेको संयुक्त बिक्री केन्द्रका अध्यक्ष मुक्तिप्रसाद शर्माले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
कोअपरेटिभ म्यानेजर्स क्लव, स्याङ्जाको अध्यक्षमा शिव वाग्ले
३० बैशाख २०८३, बुधबार
सहकारी मन्त्रालयका सचिव भुजेललाई प्राधिकरण अध्यक्षको जिम्मेवारी
३० बैशाख २०८३, बुधबार
सहकारी पत्रकारितामा दक्षता बढाउन बागमती प्रदेशका ४० पत्रकार एकै ठाउँमा
२८ बैशाख २०८३, सोमबार