सहकारीकर्मी र सञ्चारकर्मीको सम्बन्ध कस्तो ?

लेखनाथ ढकाल
– तल (सदस्यहरू र सहकारी संस्थाहरू) असल अभ्यासको प्रयासमा हुनुपर्दछ ।
– माथि (नेताहरू र सहकारी संघहरू) असल तथा उपयुक्त विचारको श्रोत हुने प्रयास गर्नु पर्दछ ।
– असल विचार र असल व्यवहारबाट बास्तविक सहकारीको विकास हुन्छ ।
उपयुक्त विचार, सिद्धान्त र विधि–प्रक्रियाका आधारमा असल व्यवहारमा जोड दिने कामबाट वास्तविक सहकारीको विकास हुन्छ । यो कुरामा न्युनतम भए पनि कसैले ध्यान दिएको देख्नु भएको छ कुनै सञ्चारकर्मीहरूले ।
त्यसैले, यी प्रश्न आज आम सञ्चारकर्मीहरू बीच आएका छन् ।
– के सहकारीको नाममा पैसा कमाएकाहरूलाई नेता मान्ने ?
– के सहकारीका नाममा जे पायो तेही बोल्ने लाई नेता मान्ने ?
– सहकारीको नेता हुन सहकारी सोच, चिन्तन, आचारण केही हुनुपर्छ कि पर्दैन ?
– सहकारी नागरिकको स्वतन्त्र क्षेत्र हो कि सबै कुरा राज्यले हेरिदिनु पर्ने हो ?
– सहकारी आफै राज्यले गरेन भनिरहेको छ, यस कुरालाई कसरी हेर्ने बुझ्ने ?
यी धेरै कुरा आज सञ्चार क्षेत्रसंग संवेदनशील जस्तै भएर उठेका छन् । असल अभ्यास र असल गतिविधिको असल सम्प्रेशण हुन्छ । केही विज्ञापन र केही सहयोग गर्लान कि भन्ने आसाले आफ्नो स्ट्यान्डर्डलाई कायम नराखीकन रहदा सञ्चार क्षेत्रले पनि भोलि दुनिंयाको अगाडि विभिन्न प्रश्नको जवाफ दिनु पर्ने हुन सक्नेछ ।
– अतः असल सहकारीकर्मी बन्नुहोस् हामी तपाईलाई साथ दिन्छौ ।
– असल सहकारीको नेता बन्नुहोस हामी तपाईलाई मान्छौ ।
– असल सहकारीको सदस्य बन्नुहोस तपाईको सहकारी असल बन्ने कुरामा योगदान पुग्नेछ, असल सहकारी राष्ट्र निर्माणको भरपर्दो साथी हो– हामी त्यस्ता सहकारीलाई सम्मान गर्छौ ।
नियम कानुनको पालना गर्ने र अनुगमन गरेर ठीक ठाउँमा ल्याउनु पर्ने हो भने त्यो वास्तविक सरहकारी होइन । सहकारी क्षेत्र त आफै असल हुनुपर्दछ । सहकारी भनेपछि कानुन संगत र संस्थागत हुन भन्ने कुरामा नागरिक र राज्यले विश्वास गर्न सक्ने हुनुपर्छ । दुनियामा असल सहकारी अभ्यास संभव भयो तर नेपालमा भने उल्टो गंगा बगेको जस्तो किन भयो ?
December 18, 2013 9:12 am
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार