२३ असार २०८२, सोमबार

अवैध संघलाई नियामककै साथ

२०७० पुष ३, बुधबार
अवैध संघलाई नियामककै साथ

यादव हुमागाई । सहकारीका साधारणसभामा प्रमुख अतिथिदेखि सहभागीसम्मलाई खामको व्यवस्था हुन्थ्यो । खाम भित्र हुने दामका आधारमा कार्यक्रममा जाने या नजाने निर्णय गर्थे अतिथिहरु । भलै अलिे त्यो प्रचलन घटिसकेको छ । तर, अहिले अतिथि, विशिष्ट र प्रमुख अतिथि को बन्नेमै सहकारीका कार्यक्रममा रडाँको हुन्छ । मर्यादा क्रम मिलाएर सबैलाई खुसी बनाउनै आयोजकलाई हम्मे हम्मे पर्दछ ।

प्रसंग केही फरक छ, यहाँ कार्यक्रममा के मुख्य अतिथि भन्दा पनि ‘अवैध’ संघको कार्यक्रममा नियामक निकायक जिम्मेवार व्यक्ति नै अतिथी बन्न भ्याए । बैशाख १८ गते भएको जिल्ला बचत तथा ऋण सहकारी संघ काठमाडौंको साधारणसभामा अतिथी बनेर । लामो समयसम्म निश्कृय बसेको संघको साधारणसभामा प्रमुख अतिथि र अतिथि बनेर सहकारी अभियान र नियामक निकायकै प्रमुखले अवैध संघलाई वैधता दिए । उनीहरुले मरिसकेको संघलाई सुनपानी छरेर पुर्नजीवन दिने गलत प्रयास गरे ।
काठमाडौंमा करिब २ हजार ७ सय बचत तथा ऋण सहकारी दर्ता छन् । त्यसमध्ये जिल्ला संघमा १ सय ३३ वटा सहकारी मात्र आवद्व छन् । कानुन कार्यान्वयन गर्ने कुर्सीमा बसेकालाई थाहा रहेनछ की सहकारी मादण्ड २०६८ मा विषयगत जिल्ला संघले जिल्लाका एक चौथाई संस्थालाई सदस्य नबनाएमा निश्कृय संघको रुपमा सुचिकृत गरी खारेजी गर्ने व्यवस्था । निश्किृय बसेको संघलाई खारेज गर्न छोडेर उनी त्यही संघलाई बैधता दिन गए अतिथी बनेर । सहकारी अभियानको ठेकदारी पाएको राष्ट्रिय सहकारी संघका अध्यक्षले पनि कानुनी प्रावधानलाई ख्याल राख्न सकेनन् ।
सहकारीकर्मीलाई प्रस्ट छ, काठमाडौंको बचत संघलाई पुनः व्युताउन आगामी वर्ष हुने चुनावको प्रपञ्च मात्र हो । नत्र काठमाडौंका बचत तथा ऋण सहकारी संघमा यति धेरै समस्या हुदा कहाँ थियो बचत संघ ?, सहकारीबाट हजारौ व्यक्ति ठगिदा, सहकारीको दिनदाहाडै दुरुपयोग हुदा किन बोलेन बचत संघ ? काठमाडौंमा बढेको सहकारी ठगीको जिम्मेवारी बचत संघले लिने कि नलिने ? प्रश्न गम्भीर छ ।
अध्यक्षले समेत गलत काम गरेको संघलाई बैधता दिन रजिष्टारको समेत गल्ती हो । सहकारीका केन्द्रीय देखी जिल्ला तहका संघहरु राजनीति गर्ने थलोका रुपमा समेत बढ्दै गएको अवस्थामा रजिष्टारबाटै त्यसमा सर्मथन भएपनि कसबाट सुधारको आश गर्न सकिन्छ । क्षमता छ भने काम नगर्ने, चुनावका वेला मात्र जुर्मुराउन, झोले संघहरुलाई खारेज गरेर साच्चिकै विषयगत मर्मअनुसार अगाडी बढेका संघलाई प्रोत्साहन गर्न सक्नुपर्छ ।
वर्तमान सहकारी मासिकबाट

अभिलेख

लोकप्रिय