अवैध संघलाई नियामककै साथ
यादव हुमागाई । सहकारीका साधारणसभामा प्रमुख अतिथिदेखि सहभागीसम्मलाई खामको व्यवस्था हुन्थ्यो । खाम भित्र हुने दामका आधारमा कार्यक्रममा जाने या नजाने निर्णय गर्थे अतिथिहरु । भलै अलिे त्यो प्रचलन घटिसकेको छ । तर, अहिले अतिथि, विशिष्ट र प्रमुख अतिथि को बन्नेमै सहकारीका कार्यक्रममा रडाँको हुन्छ । मर्यादा क्रम मिलाएर सबैलाई खुसी बनाउनै आयोजकलाई हम्मे हम्मे पर्दछ ।
प्रसंग केही फरक छ, यहाँ कार्यक्रममा के मुख्य अतिथि भन्दा पनि ‘अवैध’ संघको कार्यक्रममा नियामक निकायक जिम्मेवार व्यक्ति नै अतिथी बन्न भ्याए । बैशाख १८ गते भएको जिल्ला बचत तथा ऋण सहकारी संघ काठमाडौंको साधारणसभामा अतिथी बनेर । लामो समयसम्म निश्कृय बसेको संघको साधारणसभामा प्रमुख अतिथि र अतिथि बनेर सहकारी अभियान र नियामक निकायकै प्रमुखले अवैध संघलाई वैधता दिए । उनीहरुले मरिसकेको संघलाई सुनपानी छरेर पुर्नजीवन दिने गलत प्रयास गरे ।
काठमाडौंमा करिब २ हजार ७ सय बचत तथा ऋण सहकारी दर्ता छन् । त्यसमध्ये जिल्ला संघमा १ सय ३३ वटा सहकारी मात्र आवद्व छन् । कानुन कार्यान्वयन गर्ने कुर्सीमा बसेकालाई थाहा रहेनछ की सहकारी मादण्ड २०६८ मा विषयगत जिल्ला संघले जिल्लाका एक चौथाई संस्थालाई सदस्य नबनाएमा निश्कृय संघको रुपमा सुचिकृत गरी खारेजी गर्ने व्यवस्था । निश्किृय बसेको संघलाई खारेज गर्न छोडेर उनी त्यही संघलाई बैधता दिन गए अतिथी बनेर । सहकारी अभियानको ठेकदारी पाएको राष्ट्रिय सहकारी संघका अध्यक्षले पनि कानुनी प्रावधानलाई ख्याल राख्न सकेनन् ।
सहकारीकर्मीलाई प्रस्ट छ, काठमाडौंको बचत संघलाई पुनः व्युताउन आगामी वर्ष हुने चुनावको प्रपञ्च मात्र हो । नत्र काठमाडौंका बचत तथा ऋण सहकारी संघमा यति धेरै समस्या हुदा कहाँ थियो बचत संघ ?, सहकारीबाट हजारौ व्यक्ति ठगिदा, सहकारीको दिनदाहाडै दुरुपयोग हुदा किन बोलेन बचत संघ ? काठमाडौंमा बढेको सहकारी ठगीको जिम्मेवारी बचत संघले लिने कि नलिने ? प्रश्न गम्भीर छ ।
अध्यक्षले समेत गलत काम गरेको संघलाई बैधता दिन रजिष्टारको समेत गल्ती हो । सहकारीका केन्द्रीय देखी जिल्ला तहका संघहरु राजनीति गर्ने थलोका रुपमा समेत बढ्दै गएको अवस्थामा रजिष्टारबाटै त्यसमा सर्मथन भएपनि कसबाट सुधारको आश गर्न सकिन्छ । क्षमता छ भने काम नगर्ने, चुनावका वेला मात्र जुर्मुराउन, झोले संघहरुलाई खारेज गरेर साच्चिकै विषयगत मर्मअनुसार अगाडी बढेका संघलाई प्रोत्साहन गर्न सक्नुपर्छ ।
वर्तमान सहकारी मासिकबाट
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार