मलाई चिन्नु भएन
एक चिम्टी नुन र एक मुठी अन्नका लागि
वनिवुतो गरेर छाक टार्ने
कौपिन बस्त्रले लज्जालाई छोपेर
बाँच्न विवश मजदुरहरु
पाषाण हृदयी मालिकहरुको चरम शोषण
उन्मत्त दानवी र निर्दयी ब्यबहार बाट
उन्मुक्ती पाउनको लागि
बेलायतको मेन्चेस्टर भन्ने ठाउँको रोचडेल गाउँमा
२८ कपडा मजुदुरको प्रयासबाट १८४४ मा जन्मिएको
एउटा ईतिहास हुँ म, मलाई चिन्नु भएन ?
श्रम बेचेपछि मालिकको निगाहमा
बल्ल ट्रक सप बाट पाउने कुहिएको पिठो
सडेको पाउरोटी, वसाएको बटरले महामारी फैलिएर
आफन्त गुमाएका मजदुरहरुको चेतनाबाट
एक एक पाउण्ड जम्मा गरेर पिठो, वटर, मैनबत्ति
चिनी र चप्पा सहितको उपभोक्ता भण्डार खोल्नका लागि
सामूहिक भावनाबाट रोचडेल समतामुलक
अग्रणी संस्थाको नाममा सुरु भएको
सहकारी अभियान हुँ म, मलाई चिन्नु भएन ?
विश्वभर, एउटै आधार मूल्यहरु
एउटै नैतिक मूल्यहरु र, एउटै सिद्धान्तका
साझा पोशाकमा मालिक र मजदुर बीचको
धनी र गरिब,हुँदा खाने र हुनेखानेहरु बीचको
खाडल पुर्न जन्मिएको एउटा
साहसी सहकारी अभियान हुँ म
मलाई चिन्नु भएन ?
आफ्नो मालिक आफैं बन्नका लागि
उपभोक्ता भण्डारबाट शुरु भएको यात्रा
जर्मनमा ऋण,जापानमा उपभोक्ता सहकारी
डेनमार्कमा दुग्ध,चिनमा आधुनिक कृषि सहकारी हुँदै
दुई हजार एघार सालको बाढी पहिरोबाट
विक्षिप्त चितवन बासिको पीडालाई न्यून गर्न
सरकारवाट सञ्चालित राप्ती दून परियोजनाबाट
सहयोग प्राप्तीका लागि बखान सिंह गुरुङको सक्रियतामा
चितवन जिल्लाको तत्कालिन पूर्ण माइला चोकको भेलाले
खड्ग बहादुर गुरुङको अध्यक्षतामा
बखानपुर सहकारी ऋण समितिको नामबाट
नेपाली माटोमा पाईला टेकेको
नेपालको जेठो सहकारी हुँ म,
मलाई चिन्नु भएन ?
पौरखी नेपालीहरुको
श्रम, सीप र पसिनाको सम्मान गर्न
साठी जना चितवन बासीको एकताबाट
दश रुपैयाका दरले संकलित
शेयर पुँजीबाट विकसित हुदै
विदेश पलाएन हुने युवालाई
स्वदेशमै सृजनशील बनाउने
पर निर्भर हाम्रा आमा,दिदी
र बहिनीहरुका थैली भर्ने
आर्थिक रुपान्तरणको अङ्गको रुपमा
अन्तरिम संविधानले स्वीकार गरेको
अर्थतन्त्रको एउटा खम्बा हुँ म
मलाई चिन्नु भएन ?
विपन्नहरुको सारथी हुदै
उत्पादन मुखी बाटोमा
श्रम र पसिनाको सम्मान गर्ने
सम्पन्नताको विहानीको लागि कृयाशील
स्वाधीन अर्थतन्त्रको लागि सहकारी हुँ म
मलाई चिन्नु भएन ?
लेखक : तेजप्रसाद बजगाईं
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार