जय जय सहकारी
– रत्न विरही घिमिरे, ललितपुर
म त नवपथ खोज्दै जान लाग्थेँ अगाडि
विचलित मन आफ्नै तान्न खोज्थ्यो पछाडि
दिनदिन सब साथी आउँदै भन्न थाले
जय जय सहकारी ! गाउँदै दीप बाले १
गरिब अनि म भोको गास आफ्नो कटाई
बचत पनि सँगाल्दै राख्न थालेँ जुटाई
सकल सफल बन्ने मार्ग यौटै रहेछ
जय जय सहकारी ! जात मेरो भएछ २
रगत नथप भन्दै रुन्छ माटो बिरामी
हरपल पसिनाले सिञ्चँदै छौँ नि हामी
सब जुट मद त्यागी खुल्छ बेँसी र लेक
जय जय सहकारी ! एक भित्रै अनेक ३
गठन प्रकृति हेर्दा राज्यझैँ लाग्छ सानो
सरल नियम राख्दै रङ्कको बन्छ छानो
र त अब मन मारी बस्न जानिन्न एक्लै
जय जय सहकारी ! पार्छ लौ देश बेग्लै ४
विकट निकट पार्ने शान्त बाटो यही हो
मलजल बल मिल्ने सम्म पाटो यही हो
विकृति सब हटाई भाग्य कोरौँ सचित्र
जय जय सहकारी ! मन्त्र कस्तो पवित्र ५
दशक शतक बित्दा पैmलियो पङ्ख हाली
पलपल रस छर्ने फूल हो गोड माली
नझर न अब तारा जूनझैँ बन्नुपर्छ
जय जय सहकारी ! शानले भन्नुपर्छ ६
घरघर सहकारी रोजगारी दिँदै छ
वरपर धन छर्दै कर्ममा फक्रिँदै छ
अझ पनि बल हाम्रो राज्यले थप्नुपर्छ
जय जय सहकारी ! विश्वले जप्नुपर्छ ७
(५६ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी सङ्घ ललितपुरद्वारा आयोजित खुला कविता प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार