सहकारी बैंकको निर्वाचनमा धाधली भएको आरोप, कांग्रेस निकट सहकारीहरुले बैंकबाट पैसा फिर्ता लिने निर्णय गर्दै, जोशी प्यानलको समिक्षा बैठक बस्दै
काठमाडौं, २५ मंसिर– राष्ट्रिय सहकारी बैंकको १० औ बार्षिक साधारणसभाको निर्वाचनमा राजेशहरि जोशी प्यानलले धाधाली भएको आरोप लगाएको छ । निवाचनबाट निर्वतमान अध्यक्ष रमेशप्रसाद पोखरेलको प्यालन विजयी भएको थियो । कांग्रेस निकट जोशी प्यानलले फर्जि मत खसेको र बैंकलाई राजनीतिकको थलो बनाएको आरोप लगाएको छ ।
२४ मंसिरमा निर्वाचन हुनु अघि जोशी प्यानलले संस्थाको फोटोकपीमार्फत प्रतिनिधिलाई मतदानमा अधिकार दिएको भन्दै केहि समय नारावाजीसहित विरोध गरेको थियो । त्यसपछि साँझ मत सकिसकेपछि पनि सो समूहले पोखरेल प्यानलले फर्जि मत हालेको भन्दै मत गणनामा अवरोध गर्न खोजेको थियो । जोशी प्यानलका एक व्यक्तीले भने, ‘निवर्तमान अध्यक्ष रमेश पोखरेले आफै फर्जि मत हाल्दा हाल्दै हाम्रो साथीहरु समातेका थिए । त्यो देख्दा देख्दै यो परिणामलाई कसरी स्वीकार्ने ?’
बैकको ९ जना संचालक समिति र ३ लेखा समितिमा एमाले निकट तथा राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्ष पोखरेलको प्यानल विजयी भएपछि जोशी प्यानलले आज समिक्षा बैंठक बसी नयाँ रणनीति तय गर्ने भएको बताइएको छ । आजको समिक्षा बैंठकले बैंक एमालेको भातृ संस्था जस्तो भएको आरोप लगाउँदै कांग्रेस र एमाओवादी निकटका संस्थाहरुले सम्पूर्ण पैसा झिक्ने निर्णय गर्ने तयारी भएको स्रोतले बताए । सो समिक्षा बैठक पछि जोशी प्यानलले बुधबार पत्रकार सम्मेलन गरि बैंक एमालेको राजनीति गर्ने थलो भएकाले अन्य विचार राख्नेले बैकको सदस्या फिर्ता गर्न आव्हान गर्ने भएको बुझिएको छ ।
‘हामीले व्यवसायीक सहकारी बैकमा राजनीतिक गन्ध छिर्न नदिउँ भनेर सहमतिमा जानका लागि आग्रह गरेका थियौं तर उहाँहरुले आफ्नो पकड छ भनेर मान्नु भएन । त्यसैले एमालेको राजनीति गर्ने थलोका रुपमा रहेको बैंकमा व्यवसायीक रुपमा चलेका संस्थाहरु नबस्दै राम्रो हुन्छ ।’ नाम प्रकाशित नगर्ने सर्त जोशी प्यानलका एक सहकारीकर्मीले सहकारी खबरलाई बताए ।
मत गणना २५ मंसिरको विहान ८ः ३० बजे सकिदा नसकिदै जोशी प्यानलले अब राष्ट्रिय सहकारी बैंकमा आफ्नो भविश्य नरहेकोले नयाँ रणनीति तय निर्णय गरेको बुझिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार