उत्पादनशील क्षेत्रमा लगानी गर्न निर्देशन दिएका छौँ : गभर्नर खतिवडा
काठमाडौँ, ६ पुस । नेपाल राष्ट्र बैँकले सहकारीलगायत वित्तीय संस्थाहरुलाई उत्पादनशील क्षेत्रमा पारदर्शी ढङ्गले वित्तीय परिचालन गर्न निर्देशन दिएको छ । घर जग्गाजस्ता अनुत्पादक क्षेत्रमा सहकारीलगायत वित्तीय संस्थाहरुले अझै पनि लगानी जारी राखेको पाइएको भन्दै बैंकले यस्ता क्षेत्रमा थप लगानी नगर्न आग्रहसमेत गरेको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घको २१ आँै साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै गभर्नर युवराज खतिवडाले भन्नुभयो, “अनुत्पादक क्षेत्रमा लगानी गर्ने सहकारी तथा वित्तीय संस्था तथा सहकारी भावना विपरीत काम गर्ने सहकारीमाथि कारबाहीको प्रक्रिया अगाडि बढ्छ र केन्द्रीय बैंकले हस्तक्षेप गर्छ ।” सहकारी सिद्धान्तअनुरुप सहकारी संस्थाहरु स्वनियममा बाँधिनु पर्छ तर केही सहकारी नियमलाई अटेर गरिरहेका छन् जुन चिन्ताको विषय हो गभर्नर खतिवडाले भन्नुभयो ।
उहाँले भन्नुभयो, “नदीले आफ्नो बहाव लिँदा कोमल भू–भाग रोज्छ त्यस्तै वित्तीय अपराधीहरुले पनि सहकारीको बाटो प्रयोग गर्न सक्दछन् यसप्रति चनाखो बन्नुपर्छ ।” हाल देशभर कृषि, स्वास्थ्य, बचत तथा क्रृण सहकारी गरी २७ हजार सहकारी संस्था रहेका छन् जसमा ४६ लाख सदस्य बनेका छन् । अर्काेतर्फ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घअन्तर्गत ४६ जिल्लाका एकहजार ५०१ सहकारी सङ्घ आबद्ध रहेका छन् । यसअन्तर्गत १५ लाख बढी सदस्य रहेको र कूल पुँजी ४० अर्ब पुगेको सङ्घले जानकारी दिएको छ ।
कार्यक्रममा सहकारी तथा गरिबी निवारण मन्त्री एकनाथ ढकालले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको सहकारीलाई थप विकास तथा प्रवद्र्धन गर्न नयाँ सहकारी नीति तयार भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सहकारीले आफ्ना सदस्यबाट सङ्कलित पुँजी पारदर्शी ढङ्गबाट उत्पादनशील क्षेत्रमा लगानी नगरेमा त्यस्ता सहकारीमाथि कारबाही गर्न अनुगमन सुरु गरिएको छ ।” सो अवसरमा उहाँले उत्कृष्ठ बचत तथा ऋण सहकारी संस्थाहरुलाई सम्मान गरिएको थियो ।
नेपाल स्वास्थ्य सेवा केन्द्रीय सहकारी सङ्घका अध्यक्ष राजेन्द्र पाण्डेले धादिङ जिल्लामा सहकारी विश्वविद्यालय स्थापना गर्न अन्तिम चरणमा काम भइराखेको जानकारी दिनुभयो । सङ्घका अध्यक्ष मीनराज कँडेलको सभापतित्वमा सम्पन्न साधारणसभाको उद्घाटन सत्रमा राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडाल, पूर्व अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले सहकारीका भावना, सिद्धान्त विपरीत काम नगर्न आग्रह गर्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार