पब्लिक को-अपरेटीभका संचालक पक्राउ
काठमाडौं, १७ पुस । पब्लिक फाईनान्स को-अपरेटीभ लिमिटेडका संचालक रन्जिप भासुलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले भासुलाई पक्राउ गरी काठमाण्डौं जिल्ला अदालतमा पेश गरेको छ । सोही कसूरमा फरार रहेकी सरिता श्रेष्ठ, राम नारायण प्रधान, रोशन शरेष्ठ, प्रताप के.सी. र रादेश कुमार प्रधान यसअघि नै पक्राउ परेका थिए ।
२०५५ सालमा काठमाण्डौं, कमलादीमा बैंकिङ्ग कारोबार गर्न खोलिएको पब्लिक फाईनान्स को-अपरेटीभ लिमिटेडका संचालक भासुसहितका पदाधिकारी र कर्मचारीले प्रचलित ब्याजदर भन्दा बढी ब्याज दिने, प्रत्येक निक्षेप-कर्ताहरुलाई सुनको सिक्का दिने जस्ता आकर्षक प्रलोभनमा पारी सर्बसाधारणलाई झुक्याई २ करोड ६३ हजार २ सय ८ रूपैयाँ ९४ पैसा रकम ठगी गरी फरार भएका थिए ।
उनीहरूले संस्थाको नाममा सहकारी ऐनको परीधिभन्दा बाहिर गई निक्षेपकर्ताको बचत सुरक्षण विना मनपरी ढंगले कृतिम ब्यक्तिहरु श्रृजना गरी, नागरिकता प्रमाण-पत्रको प्रतिलिपि मात्र राखि, हातको तथा खुट्टाको किर्ते छाप लगाई ऋण प्रवाह गरी रकम हिनामिना गरेका थिए भने वचतकर्ता तथा संस्थाको नियम विपरीत विना स्वीकृति ‘अजम्वरी माया’ नामको फिल्म ४६ लाखभन्दा बढी लागतमा निर्माण गरेको तथा बिसौं लाख पर्ने गाडी संस्थाकै नाममा खरीद गरी एक बर्ष नपुग्दै लिलाम बिक्रि गरी आफन्तलाई सकार गर्न लगाई रकमको अत्याधिक दुरुपयोग गरेका थिए । काठमाण्डौं जिल्ला अदालतको ६२ साल साउन ३२ गते प्रतेकलार्इ १३ लाख ३७ हजार ५ सय ४७ रूपैयाँ र एक बर्ष कैद सजायके फैसला गरेको थियो । भासु समेत भएको अर्को ठगी मुद्दामा ८१ हजार जरीवाना सुनाइएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार