साझा सहकारीको प्रतिवेदन आएन
काठमाडौ पुस १९ । साझा सहकारी संस्थाहरुको अध्ययन गर्न गठित एक कार्यदलले ६ महिना बिति सक्दा समेत प्रतिवेदन बुझाउन ढिलाई गरेको छ । साझा सहकारी संस्थाहरूको समस्या समाधान गर्न भन्दै गत ३० जेठमा मन्त्रिपरिषद् बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव सुदर्शनप्रसाद ढकालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलको सदस्यमा राष्ट्रिय सहकारी संघका उपाध्यक्ष , अर्थमन्त्रालयका उपसचिव, कृषि विकास बैंकका प्रतिनिधि, राष्ट्रिय सहकारी विकास बोर्डका प्रतिनिधि रहेका छन् । कार्यदललाई तीन महिना भित्र प्रतिवेदन तयार गर्न समय सिमा तोकीए पनि प्रारम्धिक प्रतिवेदन तयार गर्ने बाहेक अन्य कार्य अघि बढाउन सकेको छैन । “प्रारम्भिक प्रतिवेदन तयार भएको छ”, कनर्यदलका संयोजक तथा सहकराी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव सुर्दशनप्रसाद ढकालले भन्नुभयो । साझा संस्थाका सञ्चालकहरुलाई संस्थाको वस्तुस्थितीको अवस्था समेत माग गरेको उहाँको भनाई छ । अझै मूल धन पत्ता लगाउन नसकेको र धेरै जसो संस्थाले कृषि विकास बैंकबाट ऋण लिएको भेटिएको कार्यदलको भनाई छ । साझा सहकारीका कतिपय संरचनाहरु विद्यालयले प्रयोग गरेका छन् भने कतिपय सुरक्षा निकायको प्रयोगमा रहेको बताइएको छ । साझा सहकारी संस्थाहरूको कृषि विकास बैंकमा ९० करोड ऋण दायित्व पुगेको बताइएको छ । ति संस्थाहरुको २३ करोडको सावा र अन्य व्याज रहेको प्रारम्भिक अध्यानमा देखाएको सहकारी तथा गरीबी निवारण मन्त्रालयले जनाएको छ । केही साझा संस्थाहरु दायित्व फछर्यौट भई राम्रो अवस्थामा सञ्चालनमा रहेका पनि छन् । साझा ऐन, २०४१ अन्तर्गत स्थापना र सञ्चालनमा रहेका पुराना साझा संस्थाहरु सहकारी ऐन, २०४८ को कार्यान्वयन पश्चात् हालसम्म पनि पुरानै ढाँचामा सञ्चालनमा रहिरहेका छन् । कतिपय साझा संस्थाहरुको सञ्चालकमा अहिले पनि सरकारी निकायको नेतृत्व र प्रतिनिधित्व रहेकाले पनि समस्या परेको मन्त्रलयको भनाई छ । कार्यदलले सूचना जारी गरी सझा संस्था र सर्वसाधारणलाई जानकारी गराई तथ्याङ्क संकलन गरेको ढकालले बताउनुभयो । राष्ट्रिय सहकारी संघले साझा सहकारी संस्थाहरुको समस्या सामाधान गर्न खासै चासो नदेखाएकाले पनि प्रतिवेदन तयार गर्न ढिलाई भएको सहकारी तथा गरिबि निवारण मन्त्रालयले जनाएको छ । हाल देश भर ५ सय ७१ साझा सहकारी सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार