पब्लिक को-अपरेटीभका संचालक पक्राउ

काठमाडौं, १७ पुस । पब्लिक फाईनान्स को-अपरेटीभ लिमिटेडका संचालक रन्जिप भासुलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले भासुलाई पक्राउ गरी काठमाण्डौं जिल्ला अदालतमा पेश गरेको छ । सोही कसूरमा फरार रहेकी सरिता श्रेष्ठ, राम नारायण प्रधान, रोशन शरेष्ठ, प्रताप के.सी. र रादेश कुमार प्रधान यसअघि नै पक्राउ परेका थिए ।
२०५५ सालमा काठमाण्डौं, कमलादीमा बैंकिङ्ग कारोबार गर्न खोलिएको पब्लिक फाईनान्स को-अपरेटीभ लिमिटेडका संचालक भासुसहितका पदाधिकारी र कर्मचारीले प्रचलित ब्याजदर भन्दा बढी ब्याज दिने, प्रत्येक निक्षेप-कर्ताहरुलाई सुनको सिक्का दिने जस्ता आकर्षक प्रलोभनमा पारी सर्बसाधारणलाई झुक्याई २ करोड ६३ हजार २ सय ८ रूपैयाँ ९४ पैसा रकम ठगी गरी फरार भएका थिए ।
उनीहरूले संस्थाको नाममा सहकारी ऐनको परीधिभन्दा बाहिर गई निक्षेपकर्ताको बचत सुरक्षण विना मनपरी ढंगले कृतिम ब्यक्तिहरु श्रृजना गरी, नागरिकता प्रमाण-पत्रको प्रतिलिपि मात्र राखि, हातको तथा खुट्टाको किर्ते छाप लगाई ऋण प्रवाह गरी रकम हिनामिना गरेका थिए भने वचतकर्ता तथा संस्थाको नियम विपरीत विना स्वीकृति ‘अजम्वरी माया’ नामको फिल्म ४६ लाखभन्दा बढी लागतमा निर्माण गरेको तथा बिसौं लाख पर्ने गाडी संस्थाकै नाममा खरीद गरी एक बर्ष नपुग्दै लिलाम बिक्रि गरी आफन्तलाई सकार गर्न लगाई रकमको अत्याधिक दुरुपयोग गरेका थिए । काठमाण्डौं जिल्ला अदालतको ६२ साल साउन ३२ गते प्रतेकलार्इ १३ लाख ३७ हजार ५ सय ४७ रूपैयाँ र एक बर्ष कैद सजायके फैसला गरेको थियो । भासु समेत भएको अर्को ठगी मुद्दामा ८१ हजार जरीवाना सुनाइएको थियो ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

सहकारी महासंघको आयोजनामा ‘ओपन फिडे र्यापिड रेटिङ’ चेस हुने
१५ बैशाख २०८२, सोमबार
नेतृत्वमा बस्नेहरुको प्रारम्भिक संस्थाको हालत हेरौं त !
१५ बैशाख २०८२, सोमबार
नेपालको सहकारी अभियान अब कता ?
१५ बैशाख २०८२, सोमबार