चार हजार सहकारीमा १५ सयले मात्र साधारणसभा गरे
काठमाडौ । काठमाडौ जिल्लामा दर्ता भएका सहकारी संस्थाहरु मध्ये झन्डै १५ सय प्रारम्भिक सहकारी संस्थाहरुले साधारण सभा गरेको डिभिजन सहकारी कार्यलय काठमाडौले जानकारी दिएको छ । ४ हजार सहकारी संस्था मध्ये झन्डै २५ सय सहकारी संस्थाले मंसिर मसान्त सम्म पनि साधारण सभा गरेका छैनन ।
सामान्यतया नियमित वार्षिक साधारणसभा प्रारम्भिक सहकारी संस्थाहरुले असोज महिना भित्र गरि सक्ने कानुनी व्ययवस्था रहेको डिभिजन सहकारी कार्यलयका सहकारी अधिकृत कृष्ण प्रसाद शर्माले जनाकारी दिनुभयो । अधिकृत शर्माले भन्नुभयो –कतीले साधारण सभाको प्रतिवेदन समयमै नबुझाउने समस्या रहेको छ । साधारणसभा सहकारीको सर्वोच्च मञ्च हो । सभाले नै पदाधिकारी चयनदेखि संस्था सञ्चालनका लागि आवश्यक योजना र नीति बनाउने गर्छ । संस्थाको विनियम संशोधन, ब्याजदर निर्धारण, बचत तथा ऋणनीति तय, वार्षिक नीति तथा कार्यक्रम, वासलात साधारणसभाले पास गर्नुपर्छ । त्यस्तै, कार्यकारी प्रमुखको पारिश्रमिक निर्धारण पनि साधारणसभाबाटै गर्नुपर्ने व्यवस्था रहेको सहकारी अधिकृत शर्माले जानकारी दिनुभयो ।
सहकारी संघ÷संस्था दर्ता, संचालन, लेखा परीक्षण, अनुगमन तथा नियमन सम्बन्धी मापदण्ड, २०६८ले प्रारम्भिक सहकारी संस्थाले असोजभित्र, जिल्ला सहकारी संघले कात्तिक, केन्द्रीय सहकारीले मंसिर र राष्ट्रिय सहकारी संघले पुसभित्र साधारणसभा गर्नुपर्ने व्यवस्था गरेको छ । सभामा १ हजारभन्दा बढी सेयर सदस्य भएका संस्थामा १० बराबर एक जना र एक जिल्लाभन्दा बढी कार्यक्षेत्र भएका संस्थामा भने १० प्रतिशत प्रतिनिधि सहभागी हुनुपर्ने व्यवस्था छ । मापदण्डमा नियमित साधारणसभा नगर्ने संस्थालाई सरकारबाट उपलब्ध हुने सेवा–सुविधाहरु नदिने व्यवस्था छ । त्यस्तै, दुई वर्ष साधारणसभा नगर्ने सहकारीलाई खारेज गर्ने व्यवस्था पनि गरिएको छ ।
दुई वर्ष भन्दा बढी अबधिसम्म वार्षिक साधारण सभा नगर्ने संघ संस्थाहरु निष्कृय संघ संस्थाहरुको सूचीमा समावेश गरिनेछ । यस्तो सूचीमा परेकाहरुको सम्पत्ति र दायित्व नरहेको पाइएमा प्रक्रिया पु¥याई दर्ता खारेज गरिन व्यवस्था मापदण्डमा गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार