गुरुङ्गद्धारा करोडौ हिनामिना
काठमाडौ । कल्याण सेभिङ एण्ड क्रेडित को अपरेटिभ लिका अध्यक्ष लिलाबहादुर गुरुङलाई संस्थामा व्यापक अनियमितता गरेको झन्डै २२ आरोप लागेको छ । संस्थाका शेयर सदस्यहरुले गुरुङ्ग विरुद्ध डेढ दर्जन निकायमा उजुरी दर्ता गरेका छन ।
अध्यक्ष गुरुङका विरुद्ध सहकारी तथा गरिबी निवारण मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रद्यान कार्यलय, केन्द्रीय अनुसन्धान ब्यूरो, सहकारी विभाग, डिभिजन सहकारी कार्यलय ललितपर र डिभिजन सहकारी कार्यलय काठमाडौमा उजुरी दिएका हुन । त्यस्तै महानगरीय प्रहरी परिसर हनुमानढोका, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, ललितपुर जिल्ला सहकारी संघ, काठमाडौ जिल्ला सहकारी संघ, ललितपुर बचत तथा ऋण सहकारी संघ र बहुउद्देश्यीय सहकारी संघ र जिल्ला प्रशाशन कार्यलय ललितपुर गरि १९ वटा विभिन्न निकायमा उजुरी दिएका हुन । उनिहरुले वार्षिक नीति तथा कार्यक्रम सञ्चालक समितिमा पेश गरी स्विकृति लिई साधारण सभाबाट पास गराई लागु गर्नुपर्नेमा सो केही पनि नगरी धमाधम खर्च गरेको आरोप लगाएका छन ।
लगानी भएको केही कर्जाहरुमा समस्या आएकोले कर्मचारीहरुलाई थप उत्तरदायी बनाउन सञ्चालक समितिबाट नै उत्प्रेरणा भत्ता वापत सम्बन्धित कोषमा रहेको रकम कर्मचारीहरुलाई वितरण गर्न रोक लगाइएकोमा कर्मचारीहरुलाई आफ्नो हातमा लिन थप निर्णय बिना नै कर्जाको रकम वितरण पछि समितबाट निर्णय गराउने गरिएको सदस्यहरुको आरोप छ । आ.व. ०६८÷०६९ सालको लेखापरिक्षण नै नगरी र सञ्चालक समितिको निर्णय विना नै उक्त आ.व.को पाँच प्रतिशत प्रतिफल भनी शेयर सदस्यहरुको खातामा जम्मा गरेको आरोप सदस्यहरुको छ । ५० औं लाख पेश्की तथा विविध शिर्षक भनी पेश्की तथा कर्जा भुक्तानी गरिएको बताइएको छ । अध्यक्ष गुरुङले विगतमा सञ्चालक समिति तथा महाप्रवन्धक समेतलाई झुक्याई ललीतपुर जिल्लास्थित ताथली गा.वि.स.मा मोही लागेको एवं बाटोसमेत नभएको कानो जग्गामा संस्थाको करोडौं रकम लगानी गरेको बताइएको छ । अध्यक्ष मार्फत संस्थाको नाममा खरिद गरिएको सो जग्गाहरु अध्यक्षकै रोहवरमा निजकै माग बमोजिम निश्चित समय सिमा समेत तोकिदिई आवश्यक प्रकृया पुरा गरी तत्काल उक्त जग्गाहरु विक्री गर्न सञ्चालक समितिबाट गत वर्ष नै निर्णय भएकोमा सोमा आलटाल गरी निर्देशन बमोजिम कार्य नगरी त्यस विषयमा चासो नै नलिई संस्थाको ठूलो पुँजी जोखिममा पारेको उजुरीमा उल्लेख छ । अध्यक्ष मार्फत नै पोखरास्थित सूर्य दर्शन सहकारी संस्थामा आठ लाख मात्र (तर शेयर प्रमाण पत्रमा सोह्र लाख रहेको) शेयर लगानी भएकोमा वर्षौसम्म त्यसवापत कुनै प्रतिफल प्राप्त गर्न नसकेको अबस्था छ– निवेदनमा उल्लेख गरिएको छ ।
सहकारी मापदण्ड–२०६८ अनुसार पनि यसरी एक प्रारम्भिक सहकारी संस्थाको अर्को प्रारम्भिक सहकारी संस्थामा शेयर लगानी गर्न समेत नपाइने व्यवस्था रहेकोले सञ्चालक समितिले पटक पटक हालसम्मको प्रतिफल सहित सो लगानी भएको सम्पूर्ण रकम तत्काल उक्त संस्थाबाट फिर्ता लिन आग्रह गरे पनि वेवस्ता गरेको आरोप सदस्यहरुको छ । गुरुङले निजी जग्गा व्यवसाय चलाउन विभिन्न बैंक, संस्था तथा व्यक्तिहरुबाट करोडौं रकम ऋण लिई हाल सो नतिरेको अवस्था र सो ऋण कर्जाबाट पार पाउन संस्थाका एकलौटी हालिमुहाली गरी संस्थामा रहेको शेयर सदस्यहरु तथा वचतकर्ताहरुको रकम एवं संस्थामा संचित रहेको विभिन्न जगेडा, जोखिम तथा अन्य कोषहरुमा रहेको करोडौं रकम आफुखुशी प्रयोग गरी संस्था डुवाउने मनसायमा रहेको आरोप गुरुङ्ग माथि लगाइएको छ । संस्थाका अध्यक्ष लिलाबहादुर गुरुङ (एल.वि.गुरुङ) हाल गोर्खा विकास बैंक धराशायी काण्डमा प्रहरी कारागारमा रहिरहेका डम्बरबहादुर बम्जन (डि.वि.बम्जन) का आफ्नै सहोदर बहिनी ज्वाई रहेको समेत रहेको बताइएको छ । आर्थिक दैनिक बाट
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको राजीनामा
२९ फाल्गुन २०८२, शुक्रबार
चैत ५ देखि विकू बचतको प्रविधि साक्षरता तथा सदस्य सर्वेक्षण, ८१ प्रशिक्षार्थीलाई अभिमुखीकरण
२८ फाल्गुन २०८२, बिहीबार
बागमती प्रोस्कूनको आयोजनामा कोशिस चौथो समूहको ‘वी क्यान वर्कशप’ सम्पन्न
२८ फाल्गुन २०८२, बिहीबार