गरिब सहकारी समूह गठन गरिने
काठमाडौं, ११ पुस । सहकारी तथा गरिबी निवारण मन्त्रालयले आर्थिक एवम् सामाजिक रूपमा अति विपन्न गरिब समुदायलाई माथि उठाउन गरिब सहकारी समूह गठनको अवधारणा अघि सारेको छ । गरिबहरूलाई सहकारी सस्थामा आबद्ध गरी गरिब सहकारी समूह निर्माण गर्ने, यस्ता समुदायले नै सरकारले प्रदान गर्ने आर्थिक सहयोग परिचालन गर्ने र उनीहरूको आयआर्जनमा परिचालन गरिने छ ।
मन्त्रालयका सचिव रणबहादुर श्रेष्ठले चालु आवभित्र दुईहजार गरिब सहकारी संस्था गठन गरी एकलाख गरिबलाई सहकारीमा आवद्ध गराई उनीहरूको आर्थिक, सामाजिक जीवनस्तर माथि उठाउने मन्त्रालयको लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सहकारीमार्फत गरिब जनताको जीवनस्तरमाथि उठाउन विभिन्न आयमूलक कार्यक्रमहरू तयार गरिसकेको छ । “
सरकारले वितरण गर्न लागेको गरिब परिचयपत्रका आधारमा गरिब सहकारी सस्था गठन गरिने मन्त्रालयले जनाएको छ । पाँच वर्षमा करिब १४ लाख गरिब परिवारलाई सहकारीको माध्यमबाट उनीहरूको जीवनस्तरमाथि उठाउने रणनीतिक योजनासहित मन्त्रालयले नयाँ सहकारी नीति तयार गरी मन्त्रिपरिषद्समक्ष पेश पनि गरेको छ । सो नीतिमा अर्थतन्त्रको तेस्रो खम्बाका रूपमा रहेको सहकारीलाई अझ व्यवस्थित रूपमा अगाडि बढाउन अल्पकालीन तथा दीर्घकालीन योजनाका बारेमा चर्चा गरिएको छ । हाल मुलुकमा २७ हजार विभिन्न किसिमका सहकारी संस्थामा करिब ४७ लाख जनता आबद्ध रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार