‘बचतका लागि सहकारी उपयुक्त माध्यम हो ’
पत्रकारितामा परिचित नाम हो विष्णु निष्ठुरी । देशभरका संचारकर्मीहरूको छाता संगठन नेपाल पत्रकार महासंघको नेतृत्व सम्हालिसकेका उनको अहिले नयाँ परिचय थपिएको छ, सहकारीकर्मीका रुपमा । पत्रकारलाई बचत गर्ने बानी बसाल्नुका साथै उनीहरूलाई आवश्यक ऋण लगानीका र अप्ठेरोमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको संचार बचत तथा ऋण सहकारीको अध्यक्ष भएर उनी संचारकर्मीमाझ सहकारीताको विकास गर्न लागिपरेका छन् ।
सार्वजनिक जीवनशैली भएपनि संचारकर्मीको आर्थिक पक्ष भने निकै कमजोर छ । पेशागत असुरक्षाका साथै समयमा तलब नपाउने, बिमा, संचयकोष जस्ता सुविधा नपाई अधिकांश संचारकर्मी काम गरिरहेका छन् । तर, संचारकर्मीहरूमा पनि आफ्नो कमाईलाई बचत गर्ने बानीको विकास भइसकेको छैन । उनीहरूलाई आफ्नो कमाईबाट थोरै रकम भएपनि बचत गर्ने बानी विकास गर्नका लागि सहकारी उपयुक्त माध्यम भएको निष्ठुरीको बुझाई छ । त्यही भएर उनी संचारकर्मीमाझ सहकारिता प्रचार गर्दैछन् । “नेपाल पत्रकार महासंघमा रहदै मलाई संचारकर्मीहरुलाई बचत गर्ने बानी बसाल्न केही गरौ जस्तो लाग्थ्यो” निष्ठुरीले भने, “महासंघ छोडिसकेपछि अलि बढी फुर्सदको समयमा मेरो योजनाले मुर्त रुप पायो ।” चिया गफकै क्रममा जगत नेपाल, हरिबहादुर थापा, किरण पोखरेल, प्रशान्त अर्याल, प्रदिप चापागाईलगायतका पत्रकारहरू मिलेर सहकारी खोल्ने योजना बनाइएको निष्ठुरीले जानकारी दिए ।
निष्ठुरी भन्छन्– पत्रकारहरुको आर्थिक सुरक्षा छैन । वर्षौ काम गरेर बाहिर निस्कदा उसको हात खाली हुन्छ । वर्षौ तलव नपाएर दिक्क भई पेशा छोड्दा उसँग आश्रीत परिवार र छोराछोरीको स्थिती के हुन्छ रु संचारकर्मीको यहि अवस्थालाई हेरर उनीहरुमा बचतको बानी बसाल्ने र ग्राहो–साह्रोमा सहयोग गर्ने उद्देश्यसहित २०६७ साल असारमा संचार बचत तथा ऋण सहकारी दर्ता भयो । संस्थामा हाल विभिन्न संचारमाध्यममा आवद्ध १ सय ४२ जना संचारकर्मी आवद्ध छन् । मासिक रुपमा ६ सय रुपैयाँ बचत गर्दै आएकामा हाल संस्थाले हालसम्म आफ्नो कारोबार ३५ लाख रुपैयाँभन्दा बढी पु¥याइसकेको छ ।
देशभरका संचारकर्मीमाझ कारोबार गर्ने अनुमति पाएको संस्थाले हाल व्यक्तिगत जमानीमा तीन लाख रुपैयाँसम्म ऋण दिदै आएको छ । संस्थाको व्याजदर पनि अन्य सहकारीमा भन्दा कम रहेको छ । संस्थाले सदस्यलाई पत्रकारिता लागि आवश्यक मोवाईल, ल्यापटप, कम्प्युटर, क्यामेरा, मोटरसाइकल किन्नका लागि १२ प्रतिशत व्याजदरमा ऋण दिदै आएको अध्यक्ष निष्ठुरीले बताए । आफ्ना सदस्यलाई अप्ठेरो पर्दा सहयोग गर्न कल्याणकारी कोष बनाएको संस्थाले सदस्यको मृत्यु भएमा मृतकका परिवारलाई १ लाख रुपैयाँ सहयोग समेत गर्ने बताएको छ । त्यसैगरी सबै नियमित बचत गर्न सदस्यको तीन लाख रुपैयाँसम्मको दुर्घटना बिमा समेत गरेको छ ।
पहिलोपटक सहकारीमा आवद्ध भएका निष्ठुरी नेपालजस्तो देशलाई आर्थिक विकास गर्न सहकारी उपयुक्त माध्यम भएको बताउछन् । स–सानो रुपमा बचत गर्दै गए पछि आफुलाई अप्ठेरो पर्दा सजिलो हुने र त्यसका लागि सहकारी उपयुक्त भएको उनको बुझाइ छ । सहकारी प्रजातान्त्रिक संस्था भएकाले सबै सदस्यको बराबरी हक हुने भएकाले सहकारीमा सदस्यबिच विभेद हुदैन । सहकारीमार्फत ठुला ठुला काम गर्न सकिने उनले बताए । पत्रकारिता क्षेत्रमा प्रयोग भएको यो विधि अन्य पेशागत संगठनमा समेत लागू गरे सदस्यहरुलाई राहत हुने उनको भनाइ छ ।
नेपालमा भने सिमिति व्यक्तिले सहकारीको दुरुपयोग गरेकाले बदनाम भएको निष्ठुरीको अनुभव छ । त्यसका लागि संस्था दर्ता गर्दा नै संचालकलाई नै सहकारी शिक्षा दिने र सरकारी निकायबाट पनि अनुगमन र कारवाहीलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए ।
अभिलेख
लोकप्रिय

नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts

‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’को रजिष्ट्रेशन खुला
१ फाल्गुन २०८१, बिहीबार
अध्यादेश संशोधन पहलको लागि राष्ट्रिय सहकारी बैंकले बुझायो महासंघलाई सुझाव
२९ माघ २०८१, मंगलवार
धेवा साझेदारीले तिरेन सहकारी बैंकको कर्जा, धितो लिलामी गर्न १५ दिने सूचना
२८ माघ २०८१, सोमबार