खै सञ्चार सहकारीको भुमिका ?
– खिला दाहाल ।
अहिलेको अवस्थामा शिक्षा र सूचना सबैका लागि अपरिहार्य भएको छ । त्यो जुनसुकै विषयसँग सम्बन्धित होस् सबैको शिक्षा र सूचना पाउने अधिकार पनि छ ।
कुरा गरौं नेपालको सहकारी अभियानको । यसले नेपालमा आधा शताब्दी पार गरिसकेको अवस्था छ । यस अवस्थामा आइपुग्दा नेपालमा विभिन्न उद्देश्य र प्रकृति गरी २६ हजार प्रारम्भिक संस्था स्थापना भइसकेका छन् । ५० लाख भन्दाबढी मानिस प्रत्यक्ष र अप्रत्यक्ष गरी सहकारीमा कुनै न कुनै रुपमा सम्बन्ध राख्छन् । ५० हजार भन्दा बढी मानिसले प्रत्यक्ष रोजगार पाएका छन् भने पाँच लाख मानिसले यस क्षेत्रबाट अप्रत्यक्ष रोजगार पाएका छन् । देशको कूल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान तीन प्रतिशत र वित्तिय क्षेत्रमा १५ प्रतिशतको रहेको तत्थ्याड्ढ रहेको बताइएको छ । राज्यले पनि देशको अर्थतन्त्रका तीनवटा खम्बामध्ये एउटा बलियो खम्बा सहकारीलाई स्विकारी सकेको अवस्था छ भने, यसक्षेत्रको विकास र प्रवद्र्धनका लागि विभिन्न सरकारी निकायहरुका साथमा छुट्टै सहकारी मन्त्रालय पनि स्थापना भइसकेको छ । अभियानकै तर्फबाट १५ वटा केन्द्रिय संघ त्यसैगरी विषयगत जिल्ला संघहरु सकृय छन् ।
शिक्षा, स्वास्थ्य वित्तिय लगायत हरेक क्षेत्रमा सहकारी स्थापना गरेर सेवा गर्ने अवसर भनौं या छुट राज्यले दिएको भएपनि यहा उद्देश्य अनुरुप कार्य नगर्दा सहकारी अभियानले फस्टाउने मौका नपाउनुमा अभियानकै कमजोरी देखिन्छ । अभियानले फस्टाउने अवसर तब पाउँछ जब स्थापना भएका सहकारी संघ संस्थाले आफ्नो उद्देश्य अनुरुप कार्य गर्नेछन् । उद्देश्य कृषि विकासको राख्ने कार्य बचत तथा ऋणको गर्ने, उद्देश्य सूचना र शिक्षाको राख्ने कार्य तारे होटलमा सेमिनार गरेर लञ्च र डिनरमा रमाउने, उद्देश्य बहुउद्देश्यीय भन्ने कारोबारलाई बचतमा झार्ने गर्ने हो भने नेपालको सहकारी अभियान जहाँको त्यहीँ हुन्छ । मूख्य कुरा सहकारी अभियानले तिव्रता लिन सर्वसाधारण माझ सहकारी शिक्षा सूचना र चेतना पु¥याउनु जरुरी छ । सबैमा सहकारी जागरण जगजाहेर गराउनु आवश्यक छ । यसमा राज्य पक्ष र अभियानसँगै लानुपर्छ । राज्यले सहकारी शिक्षा र सूचना आफ्नो क्षेत्रबाट पु¥याएको छ भने अभियानको कमजोरी यही छ सूचना र शिक्षाको पहुँचका लागि देशभर स्थापित १०२ वटा सूचना र सञ्चार सहकारी संस्था, जिल्ला संघ तथा सूचना तथा सञ्चार केन्द्रिय सहकारी संघ स्थापित भएको छ । तर ती संस्थाले सूचना र शिक्षाका नाममा झारो टार्ने काम मात्र गरेका छन् । किन तल्लो वर्गसम्म सहकारी चेतना फैलाउने जमर्को गर्दैनन् ।
सरकारी निकायको बजेट सूचना र शिक्षाका नाममा गलत प्रयोग त भएको छैन ।, कुनै सहकारी विभागसँगको साँठ गाँठमा त्यस्तो बजेट दुरुपयोग त भएको छैन ? हैन भने, सहकारी अभियानले ५५ वर्ष पारगर्दा खै मानिसमा सहकारी चेतना ? किन बढी रहेछ सहकारीमा समस्या, किन सदस्यले विश्वास हटाएका छन् सहकारी प्रति ? यदी सबैमा सहकारी जागरण भएमा समस्या कमै आउथ्यो होला सर्वसाधरणले सहकारीलाई विश्वास गर्थे होलान, सहकारी गलत बाटोमा हिडी रहेछन् भनि भन्नेहरुले सहीबाटो के हो भनेर भन्न पनि सक्नु पर्छ । यस क्षेत्रको कमजोरी भनेकै सहकारी चेतनाको कमी हो । कि हामी पैसा खर्च गरेर गलत शिक्षा त लिइरहेका छैनौं ? खै सञ्चार सहकारीको भूमिका ? सहकारी अभियान कमाइ खाने माध्यम मात्र हैन समाजमा उच्च स्थान, मान सम्मान दिने एउटा उदाहरणीय स्वच्छ अनि पवित्र संस्था पनि हो सहकारी ! बेलैमा चेतना भयाः
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार