खै सञ्चार सहकारीको भुमिका ?
– खिला दाहाल ।
अहिलेको अवस्थामा शिक्षा र सूचना सबैका लागि अपरिहार्य भएको छ । त्यो जुनसुकै विषयसँग सम्बन्धित होस् सबैको शिक्षा र सूचना पाउने अधिकार पनि छ ।
कुरा गरौं नेपालको सहकारी अभियानको । यसले नेपालमा आधा शताब्दी पार गरिसकेको अवस्था छ । यस अवस्थामा आइपुग्दा नेपालमा विभिन्न उद्देश्य र प्रकृति गरी २६ हजार प्रारम्भिक संस्था स्थापना भइसकेका छन् । ५० लाख भन्दाबढी मानिस प्रत्यक्ष र अप्रत्यक्ष गरी सहकारीमा कुनै न कुनै रुपमा सम्बन्ध राख्छन् । ५० हजार भन्दा बढी मानिसले प्रत्यक्ष रोजगार पाएका छन् भने पाँच लाख मानिसले यस क्षेत्रबाट अप्रत्यक्ष रोजगार पाएका छन् । देशको कूल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान तीन प्रतिशत र वित्तिय क्षेत्रमा १५ प्रतिशतको रहेको तत्थ्याड्ढ रहेको बताइएको छ । राज्यले पनि देशको अर्थतन्त्रका तीनवटा खम्बामध्ये एउटा बलियो खम्बा सहकारीलाई स्विकारी सकेको अवस्था छ भने, यसक्षेत्रको विकास र प्रवद्र्धनका लागि विभिन्न सरकारी निकायहरुका साथमा छुट्टै सहकारी मन्त्रालय पनि स्थापना भइसकेको छ । अभियानकै तर्फबाट १५ वटा केन्द्रिय संघ त्यसैगरी विषयगत जिल्ला संघहरु सकृय छन् ।
शिक्षा, स्वास्थ्य वित्तिय लगायत हरेक क्षेत्रमा सहकारी स्थापना गरेर सेवा गर्ने अवसर भनौं या छुट राज्यले दिएको भएपनि यहा उद्देश्य अनुरुप कार्य नगर्दा सहकारी अभियानले फस्टाउने मौका नपाउनुमा अभियानकै कमजोरी देखिन्छ । अभियानले फस्टाउने अवसर तब पाउँछ जब स्थापना भएका सहकारी संघ संस्थाले आफ्नो उद्देश्य अनुरुप कार्य गर्नेछन् । उद्देश्य कृषि विकासको राख्ने कार्य बचत तथा ऋणको गर्ने, उद्देश्य सूचना र शिक्षाको राख्ने कार्य तारे होटलमा सेमिनार गरेर लञ्च र डिनरमा रमाउने, उद्देश्य बहुउद्देश्यीय भन्ने कारोबारलाई बचतमा झार्ने गर्ने हो भने नेपालको सहकारी अभियान जहाँको त्यहीँ हुन्छ । मूख्य कुरा सहकारी अभियानले तिव्रता लिन सर्वसाधारण माझ सहकारी शिक्षा सूचना र चेतना पु¥याउनु जरुरी छ । सबैमा सहकारी जागरण जगजाहेर गराउनु आवश्यक छ । यसमा राज्य पक्ष र अभियानसँगै लानुपर्छ । राज्यले सहकारी शिक्षा र सूचना आफ्नो क्षेत्रबाट पु¥याएको छ भने अभियानको कमजोरी यही छ सूचना र शिक्षाको पहुँचका लागि देशभर स्थापित १०२ वटा सूचना र सञ्चार सहकारी संस्था, जिल्ला संघ तथा सूचना तथा सञ्चार केन्द्रिय सहकारी संघ स्थापित भएको छ । तर ती संस्थाले सूचना र शिक्षाका नाममा झारो टार्ने काम मात्र गरेका छन् । किन तल्लो वर्गसम्म सहकारी चेतना फैलाउने जमर्को गर्दैनन् ।
सरकारी निकायको बजेट सूचना र शिक्षाका नाममा गलत प्रयोग त भएको छैन ।, कुनै सहकारी विभागसँगको साँठ गाँठमा त्यस्तो बजेट दुरुपयोग त भएको छैन ? हैन भने, सहकारी अभियानले ५५ वर्ष पारगर्दा खै मानिसमा सहकारी चेतना ? किन बढी रहेछ सहकारीमा समस्या, किन सदस्यले विश्वास हटाएका छन् सहकारी प्रति ? यदी सबैमा सहकारी जागरण भएमा समस्या कमै आउथ्यो होला सर्वसाधरणले सहकारीलाई विश्वास गर्थे होलान, सहकारी गलत बाटोमा हिडी रहेछन् भनि भन्नेहरुले सहीबाटो के हो भनेर भन्न पनि सक्नु पर्छ । यस क्षेत्रको कमजोरी भनेकै सहकारी चेतनाको कमी हो । कि हामी पैसा खर्च गरेर गलत शिक्षा त लिइरहेका छैनौं ? खै सञ्चार सहकारीको भूमिका ? सहकारी अभियान कमाइ खाने माध्यम मात्र हैन समाजमा उच्च स्थान, मान सम्मान दिने एउटा उदाहरणीय स्वच्छ अनि पवित्र संस्था पनि हो सहकारी ! बेलैमा चेतना भयाः
अभिलेख
लोकप्रिय
![](https://www.sahakarikhabar.com/wp-content/uploads/2024/11/Natural-16th-AGM.jpg)
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार![](https://www.sahakarikhabar.com/wp-content/uploads/2024/09/NC-sahakari.jpg)
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार![](https://www.sahakarikhabar.com/wp-content/uploads/2024/08/sahakari-sanjal-1.jpg)
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार![](https://www.sahakarikhabar.com/wp-content/uploads/2024/05/Ishwor-Neupane.jpg)
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts
![](https://www.sahakarikhabar.com/wp-content/uploads/2025/01/rochdale-cooperative.jpg)
पोखरा रोयल साकोसका प्रतिनिधि बेलायतको रोचडेल सहकारी, अन्तर सम्बन्धका विषयमा छलफल
११ माघ २०८१, शुक्रबार![](https://www.sahakarikhabar.com/wp-content/uploads/2024/01/Sahakari-Bivag.jpg)
सम्पति शुद्धीकरण निवारण सम्बन्धी सहकारीलाई जारी संशोधित निर्देशनमा के छ?
१० माघ २०८१, बिहीबार![](https://www.sahakarikhabar.com/wp-content/uploads/2025/01/ncf-chalfal.jpg)
राष्ट्र बैंकले तयार गरेको निर्देशन तथा मापदण्डको मस्यौदामाथि छलफल
१० माघ २०८१, बिहीबार![](https://www.sahakarikhabar.com/wp-content/uploads/2021/08/nefscun-new-logo.jpg)