
डिजराज पौडेल, गायक
तपाई कुनै सहकारीमा आबद्ध हुनुहुन्छ ?
म चाबहिलमा रहेको शुभटाइम्स बचत तथा ऋण सहकारीमा आबद्ध छु । सहकारी आर्थिक क्षेत्रको महत्वपुर्ण पाटो भएकाले पनि नियमित बचत गर्ने हिसाबले प्रवेश गरेको हु ।
यहाँले सहकारीलाई कसरी बुझ्नु भएको छ ?
औँचोपौचोँ काम चलाउने माध्यम सहकारीको निम्नस्तरका र कम आय भएका वर्गहरुको आर्थिकरुपले सबल बनाउन सहकारी आवश्यक छ ।
सहकारीमा के समस्या देख्नु हुन्छ ?
संख्यात्मक हिसाबले हेर्दा धेरै भए जस्तो लाग्छ । अर्को कुरा नबुझेर पनि सहकारीमा प्रवेश गर्ने धेरै छन । यसले सहकारीको आधारभूत जानकारी नहँुदा समस्या आएर भाग्ने स्थिति पनि आउन सक्छन । गुणस्तरिय सेवा दिन नसक्नु र सहकारी शिक्षाको बारेमा सहकारी खोल्नेले जानकारी नहुनु प्रमुख समस्या हो ।
सहकारीको राम्रो पक्ष ?
सहकारीले बचत गर्ने बानिको विकास गर्न सफल भएको छ । यस्तै निम्न आय भएकाहरुलाई सहज किसिमले ऋण लिन र व्यवसाय गर्न सहज बनाएको छ ।
नराम्रो पक्ष के छ ?
राज्यले यसको प्रभावकारी रुपमा नियमन गर्न सकेको छैन । ठग्ने प्रवृत्ति बढ्दै गएको छ । नियामक निकायले यसको व्यवस्थापन गर्न सकेको छैन । सहकारी के हो कसरी कारोबार गर्ने राज्यले सिकाउन सकेको छैन ।
मुख्य त सहकारीले यति करोड ठगेर भग्यो भन्दा दुःख लाग्छ । स्थिर सरकार नहुनु र प्रभावकारी नीति नियम नआउनु नै नराम्रो पक्ष हो ।
सहकारीमा पनि आबद्ध हुनुहुन्छ । कत्तिको बुझदै हुनुहुन्छ ?
मैले सहकारीमा बचत गर्ने मात्र काम गर्दै आएको छु । सैद्धान्तिक ज्ञान लिन भने पाएको छैन ।
सहकारीमा बचत गर्दा सुने बुझेका कुराले मात्र सहकारी यस्तो हो भन्ने साधारण जानकारी राख्ने मात्र काम गरेको छु । गीत संगित मेरो सोख भएकाले यसमा बढी केन्द्रीत छु ।
सहकारीको नियामक निकायलाई तपाईको केही सुझाव छ ?
मुख्य त सहकारीको प्रभावकारी अनुगमन हुनु प¥यो । शिक्षा तालिमलाई व्यवस्थित बनाएर लैजानु पर्छ । सहकारीमा पब्लिकको जुन विश्वास छ । त्यो गुम्न दिनुभएन । सञ्चालक आफैंले ऋण लिने पनि बिना धितो आफ्ना आफन्तलाई ऋण दिने गर्छन । यसलाई नियन्त्रण गर्न आवश्यक छ ।
सदस्य, सञ्चालक र नियमक निकाय दुबै चनाखो हुनैपर्छ । सरकार परिवर्तनसँगै सहकारीका नीतिमा परिर्वतन हुने क्रम पनि हुन्छ । यो रोक्न आवश्यक छ । सामान्य नागरिकको आर्थिक विकासका लागि दीर्घकालीन योजना बनाउन आवश्यक छ ।
भविष्य कस्तो देख्नु हुन्छ ?
राज्यले सहि तरिकाले व्यवस्थित गर्न सके यसको भविष्य राम्रो देख्छु म त । तर अहिले जस्तो प्रभावकारी अनुगमन नगरी छाडा छोडियो भने, सहकारीबाट जुन लाभ सर्वसाधारण लिएका छन त्यो गुम्न सक्छ ।
अभिलेख
लोकप्रिय

अक्कु फोरम २०२३ सिकाई: सहकारी सिद्धान्त र व्यवहार
२ आश्विन २०८०, मंगलवार
राष्ट्रिय सहकारी महासंघद्वारा सरकार विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा
८ जेष्ठ २०८०, सोमबार
सहकारी महासंघलाई मन्त्रालयले दिएको डेढ करोडमा महालेखाको प्रश्न !
४ बैशाख २०८०, सोमबार
गैरकानूनी अन्तर सहकारी कारोबारले जोखिम बढ्दै
३ बैशाख २०८०, आईतवारRecent Posts

सेञ्चुरी बहुउद्देश्यीय सहकारी दोस्रो साधारण सभा असोज २७ गते हुने
१२ आश्विन २०८०, शुक्रबार
६०.२०% सदस्यको उपस्थितिमा पोखरा रोयलको २२औं साधारण सभा सम्पन्न, १२% नगद लाभांश पारित
११ आश्विन २०८०, बिहीबार
पशुपति सहकारीमा फसेको बचत माग दाबी गर्न सूचना जारी
११ आश्विन २०८०, बिहीबार