‘सहकारीले बचत गर्ने बानिको विकास गरेको छ’
डिजराज पौडेल, गायक
तपाई कुनै सहकारीमा आबद्ध हुनुहुन्छ ?
म चाबहिलमा रहेको शुभटाइम्स बचत तथा ऋण सहकारीमा आबद्ध छु । सहकारी आर्थिक क्षेत्रको महत्वपुर्ण पाटो भएकाले पनि नियमित बचत गर्ने हिसाबले प्रवेश गरेको हु ।
यहाँले सहकारीलाई कसरी बुझ्नु भएको छ ?
औँचोपौचोँ काम चलाउने माध्यम सहकारीको निम्नस्तरका र कम आय भएका वर्गहरुको आर्थिकरुपले सबल बनाउन सहकारी आवश्यक छ ।
सहकारीमा के समस्या देख्नु हुन्छ ?
संख्यात्मक हिसाबले हेर्दा धेरै भए जस्तो लाग्छ । अर्को कुरा नबुझेर पनि सहकारीमा प्रवेश गर्ने धेरै छन । यसले सहकारीको आधारभूत जानकारी नहँुदा समस्या आएर भाग्ने स्थिति पनि आउन सक्छन । गुणस्तरिय सेवा दिन नसक्नु र सहकारी शिक्षाको बारेमा सहकारी खोल्नेले जानकारी नहुनु प्रमुख समस्या हो ।
सहकारीको राम्रो पक्ष ?
सहकारीले बचत गर्ने बानिको विकास गर्न सफल भएको छ । यस्तै निम्न आय भएकाहरुलाई सहज किसिमले ऋण लिन र व्यवसाय गर्न सहज बनाएको छ ।
नराम्रो पक्ष के छ ?
राज्यले यसको प्रभावकारी रुपमा नियमन गर्न सकेको छैन । ठग्ने प्रवृत्ति बढ्दै गएको छ । नियामक निकायले यसको व्यवस्थापन गर्न सकेको छैन । सहकारी के हो कसरी कारोबार गर्ने राज्यले सिकाउन सकेको छैन ।
मुख्य त सहकारीले यति करोड ठगेर भग्यो भन्दा दुःख लाग्छ । स्थिर सरकार नहुनु र प्रभावकारी नीति नियम नआउनु नै नराम्रो पक्ष हो ।
सहकारीमा पनि आबद्ध हुनुहुन्छ । कत्तिको बुझदै हुनुहुन्छ ?
मैले सहकारीमा बचत गर्ने मात्र काम गर्दै आएको छु । सैद्धान्तिक ज्ञान लिन भने पाएको छैन ।
सहकारीमा बचत गर्दा सुने बुझेका कुराले मात्र सहकारी यस्तो हो भन्ने साधारण जानकारी राख्ने मात्र काम गरेको छु । गीत संगित मेरो सोख भएकाले यसमा बढी केन्द्रीत छु ।
सहकारीको नियामक निकायलाई तपाईको केही सुझाव छ ?
मुख्य त सहकारीको प्रभावकारी अनुगमन हुनु प¥यो । शिक्षा तालिमलाई व्यवस्थित बनाएर लैजानु पर्छ । सहकारीमा पब्लिकको जुन विश्वास छ । त्यो गुम्न दिनुभएन । सञ्चालक आफैंले ऋण लिने पनि बिना धितो आफ्ना आफन्तलाई ऋण दिने गर्छन । यसलाई नियन्त्रण गर्न आवश्यक छ ।
सदस्य, सञ्चालक र नियमक निकाय दुबै चनाखो हुनैपर्छ । सरकार परिवर्तनसँगै सहकारीका नीतिमा परिर्वतन हुने क्रम पनि हुन्छ । यो रोक्न आवश्यक छ । सामान्य नागरिकको आर्थिक विकासका लागि दीर्घकालीन योजना बनाउन आवश्यक छ ।
भविष्य कस्तो देख्नु हुन्छ ?
राज्यले सहि तरिकाले व्यवस्थित गर्न सके यसको भविष्य राम्रो देख्छु म त । तर अहिले जस्तो प्रभावकारी अनुगमन नगरी छाडा छोडियो भने, सहकारीबाट जुन लाभ सर्वसाधारण लिएका छन त्यो गुम्न सक्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार
समुदायको दुःखमा प्रतिभा सहकारीको साथ, बाढीपीडितलाई तीन लाख सहयोग
११ भाद्र २०८३, बिहीबार
रसुवाका बाढीपीडितलाई नारी संकल्प साकोसको ५० हजार, तीज मिलन स्थगित
११ भाद्र २०८३, बिहीबार