साना किसान विकास बैंकको अध्यक्षमा पुनः पाठक ५ वर्षमा १ हजार गाविसमा साना किसानको कार्यक्रम पुर्याउने प्रतिवद्धता
काठमाडौ । साना किसान विकास वैङ्कको नव निर्वाचित अध्यक्ष खेम वहादुर पाठकले आगामि ५ वर्षमा नेपालका १ हजार गाविसमा साना किसानको कार्यक्रम पु¥याउने प्रतिवद्धता जाहेर गरेका छन। बैंकको शुक्रबार सम्पन्न १३ औ साधरणसभाबाट अध्यक्षमा निर्वाचित भएपछि पाठकले साना किसानहरुको सेवामा प्रतिवद्ध बैङ्कको सेवा विस्तारसंगै किसान मैत्री कार्यक्रमलाई जोड दिने बताए ।
साधारण सभाले नेपाल बैङ्कबाट कुञ्ज प्रसाद मिश्र, कृषि विकास बैङ्कबाट अनिल उपाध्यय, साना किसानका संस्थाबाट खेम वहादुर पाठक, सुकदेव न्यौपाने र रविन्द्र यादव, सेयर धनीबाट उमेश लम्साल र शंकर श्रेष्ठ र विषेशज्ञबाट डा उमकान्त सिलवाल सदस्य रहेको ८ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अहिले ४ सय वटा गाविसमा विभिन्न कार्यक्रम गर्दै आईरहेको साना किसान बैङ्कले पशु विमा र ग्रमिण क्षेत्रमा कृर्षक समुह र सहकारीलाई सहयोग गर्दै आईरहेको छ । बैङ्ककले पशु र कृषिका संस्थाहरुलाई तालिम प्रदान गर्ने, ग्रमिण पुश तथा कृषि कार्यकर्तालाई सहजिकरण गरि आप्mनो पशु र कृषिको उपचार आफै गर्न सक्ने बनाउने अभियान पनि सञ्चालन गरेको छ ।
पशु विमा, सहुलियतमा कृषि कर्मका लागि ऋण उपलब्ध गराउँदै आएको बैङ्कले आगामि दिनमा आप्mनो बैङ्कीग कार्यक्रमको क्षेत्र विस्तार गर्दै लैजाने जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार