सहकारीमा मर्जरको लहर,१३ जिल्लाका २९ सहकारी गाभिए
काठमाडौ, ६ पुस । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरु एकापसमा गाभिने क्रम बढेको छ । सहकारी विभागका् तथ्यांक अनुसार १३ जिल्लाका २९ सहकारी संस्थाहरु मर्ज भैसकेका छन्। सहकारी विभागको आर्थिक बर्ष२०६९।७०को बार्षिक प्रतिवेदन अनुसार मकवापुरमा १, नवलपरसीमा १ ,काठमाडौमा १ ,ललितपुरमा १ र भक्तपुरमा २ सहकारी मर्ज भएको उल्लेख गरिएको छ । यस्तै झापामा ४ तनहुमा २,सर्लाहिमा १, मोरंगमा २ काभ्रेमा ६ दोलखामा ४, बाग्लुंगमा ३र धनकुटामा १ सहकारी मर्ज भएको बताएको छ ।
एउटै स्थानका सहकारी संस्था मर्ज भएमा पूजी बढ्ने र खर्च कम हुने भएकाले मर्जको प्रक्रियामा चासो बढ्दै गएको हो । सहकारीहरु मर्ज गर्नुको मुख्य उद्देश्य वित्तीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने संस्थाको विकास गर्नु भएको बताइन्छ । मर्जबाट संस्थागत संस्कारको विकास र प्रशासनिक खर्चसमेत कटौती हुने गर्छ । साथै, सदस्यहरुलाई प्रदान गरिने सुविधालाई प्रभावकारी बनाउन पनि मर्ज गर्न आवश्यक भएको सहकारी विदहरु बताउछन । सहकारी मापदण्ड २०६८ले पनि मर्जलाई प्रथामिकतामा राखेको छ । तर संख्यात्म रुपमा सहरी क्षेत्रमा रहेका वित्तिय सहकारीहरु एकै प्रकृतिमा सञ्चालन भए पनि मर्जमा जान भने खासै उत्साहित देखिदैनन्। नेपालमा सहकारी संस्थाको सङख्या करीब २९ हजार पुगेको अनुमान छ । तीमध्ये १२ हजारभन्दा बढीले बचत तथा ऋणको कारोबार गर्दै आएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार