संविधानमा नेपालका मधेस, पहाड सबैको आवाज र सपना झल्किनुपर्छ- भारतीय प्रधानमन्त्री
यसअघिको नेपाल भ्रमणमा आफूलाई नेपालको संविधानसभालाई सम्बोधन गर्ने अवसर प्राप्त भएको स्मरण गर्दै प्रधानमन्त्री मोदीले भने “नेपाल र नेपाली जनताको पक्षमा जति छिटो संविधान बन्यो त्यति नै नेपालको भविष्य सुनिश्चित हुने भएकाले संविधान निर्माणमा ढिलाइ नगरियोस् ।”
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानसभाबाट निर्माण हुन लागेको संविधानमा नेपालका मधेस, पहाड सबैको आवाज र सपना झल्किनुपर्ने बताएका छन् । भारत सरकारको सहयोगमा निर्मित ट्रमा सेन्टरको औपचारिक रुपमा नेपाललाई हस्तान्तरण एवम् उद्घाटन समारोहलाई सम्बोधन गर्दै मोदीले सबै राजनीतिक शक्तिको सहमतिका आधारमा नेपालमा छिटोभन्दा छिटो संविधान बन्नुपर्ने धारणा व्यक्त गरे ।
उनले संविधान निर्माणको प्रक्रियालाई सुझाउँदै सङ्ख्याका आधारमा नभई सहमतिका आधारमा संविधान बनाउन नेपालका सबै राजनीतिक दलका नेतासँग आग्रह गरे ।
आफूले यसअघि नेपाल भ्रमण गरेयताको करिब १०० दिनको अवधिमा नेपाल सरकार, राजनीतिक दल र प्रशासनिक अधिकारीको संयुक्त पहलका कारण करिब २५÷३० वर्षदेखि थाती रहेका द्विपक्षीय रुपमा सम्पन्न हुन नसकेका जलस्रोत, ऊर्जा, दूरसञ्चारलगायत क्षेत्रका कैयौँ कामको सुरुआत भएकामा खुसी व्यक्त गरे ।
उनले जलविद्युत् क्षेत्रअन्तर्गत ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना र ९०० मेगावाटकै अरुण तेस्रो आयोजना तथा पञ्चेश्वर विकास आयोजनाको काम पनि सम्पन्न भएको बताउँदै ऊर्जा व्यापार सम्झौता, प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढेको जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार