५ जेष्ठ २०८१, शनिबार

नेपालको पहिलो सहकारी बखानपुर सहकारीका सदस्यलाई अभिनन्दन

१ पुष २०७०, सोमबार
नेपालको पहिलो सहकारी बखानपुर सहकारीका सदस्यलाई अभिनन्दन

काठमाडौं, १६ पुस । नेपालको पहिलो सहकारी बखानपुर सहकारी ऋण समितिका स्थापनाकालीन सदस्यहरुलाई आज ललितपुरमा अभिनन्दन गरिएको छ ।

अन्तराष्ट्रिय सहकारी वर्ष २०१२ को समापनका अवसरमा पहिलो सहकारीका दुई सदस्यहरु कृष्णमान गुरुङ, इन्द्रसिंह गुरुङलाई जिल्ला सहकारी संघ ललितपुरको आयोजनामा अभिनन्दन गरिएको हो ।

ललितपुर उपमहानगरपालिका पुल्चोकदेखि जावलाखेल, कुमारीपाटी हुँदै लगनखेलसम्म अभिनन्दन यात्रा गरी लगनखेलमा ललितपुरका सबै विषयगत सहकारी संघ, केन्द्रीय संघहरु र प्रारम्भिक सहकारी संस्थाहरुले अभिनन्दन गरेको थियो ।

अभिलेख

लोकप्रिय