६ बैशाख २०८१, बिहीबार

कास्कूनमा सबै सहकारीकर्मीकाे विजयी भएको छ : केशव दंगाल (अन्तर्वार्ता)

५ चैत्र २०७२, शुक्रबार
कास्कूनमा सबै सहकारीकर्मीकाे विजयी भएको छ : केशव दंगाल (अन्तर्वार्ता)

keshav dangal photoकास्कूनमा सर्वसम्वत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ । कास्कूनलाई अब कसरी अगाडी बढाउनु हुन्छ ?
सबै सहकारीकर्मीहरुलाई मिलाएर सर्वसम्वत कमिटि बनेको छ । कास्कूनमा सबै सहकारीकर्मीको विजयी भएको छ । सबै सदस्यहरुको मत प्राप्त भएको छ । सबै खालका विचार र सबै क्षेत्रका साथीहरुको प्रतिनिधित्व कास्कूनमा भएको छ । यो टिमले कास्कूनमा आबद्ध सबै सदस्य संस्थाको समृद्धि हुनेगरी काम गर्नेछ । कास्कूनले सदस्य संस्था मात्र नभई संस्थाका सदस्यको पनि समृद्धिमा जोड दिने छ । सबैले समृद्धि प्राप्त गर्ने र सबै पक्षलाई समेट्ने हिसाबले कास्कून अघि बढ्छ ।

काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून)को आज सम्पन्न १२ औं साधारणसभाले केशव प्रसाद दंगालको अध्यक्षतामा नयाँ कार्यसमिति चय गरेको छ । यस अघि सचिव रहेका दंगाल अध्यक्षमा सर्वसम्वत रुपमा चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा प्रकाश श्रेष्ठ, सचिवमा नवराज अर्याल र कोषाध्यक्षमा गोविन्द काफ्ले सर्वसम्वत रुपमा निर्वाचित भए । प्रस्तुत छ, नव निर्वाचित अध्यक्ष दंगाल संग कास्कूनको आगामीबाटो विषयमा केन्द्रीत रहेका सहकारीखबरका कार्यकारी सम्पादक काजी श्रेष्ठले गरेको संक्षिप्त कुराकानी ।

सर्वसम्वत नेतृत्व चयनले सहकारी अभियानमा के सन्देश प्रवाह गर्छ ?
सहकारीमा सबै विचारका मानिसहरुको प्रतिनिधित्व छ र सबै मिलेर सहकारी संघ संस्था चलाउनु पर्छ भन्ने सन्देश प्रवाह भएको छ । दलीय हिसाबमा प्रतिस्पर्धा जानु भन्दा सर्वसम्वत गर्नु राम्रो हो । सहकारीको विचारलाई स्थापित गर्ने हिसाबले सर्वसम्वती गरेका हौं । दलिय विचारलाई टाढा राखेर सर्वसम्वत ढंगले अघि बढेर सहकारी अभियान अगाडी बढाउने सन्देश दिन्छ ।

प्रारम्भिक संस्थाहरु संघमा आवद्ध भएर के पाउँछ भन्ने आवाजहरु सुन्ने गरीन्छ । यसमा तपाईको धारणा के छ ?
पक्कै पनि । पहिला संघ बलीयो हुन जरुरी छ । संघ बलीयो भएन भने सदस्य संस्थालाई केही पनि दिन सक्दैन । संघ बलीयो भएपछि सदस्य संस्थाको समृद्धि, उन्नती, शिक्षा, तालिमका कार्यक्रम ल्याउन सक्छ । बचत तथा ऋण सहकारी अभियानमा विविध कुरा ल्याउन सक्छ । अहिले साकोस एकरुपता अभियान चलेको छ । यसलाई लागू गर्न सक्छ । सहकारी एकिकरण अभियान चलाएर सुदृढ र सक्षम सहकारी बनाउन सकिन्छ । यसमा कास्कूनले काम गर्नेछ । यस्तो काम संघको हो । तर हिजो किन गर्न सकेन भन्दा संघ कमजोर थियो । सदस्य पनि कम थिए । अम्दानी कम थियो । त्यसैले सदस्यको हितमा काम गर्न सकेको थिएन । तर आज परिस्थिती बदलीएको छ । संघ बलीयो भएको छ । हाल ५ सय ४ सदस्य भएको छ । निकट भविष्यमै सबै बचत तथा ऋण सहकारी संस्था सदस्य बन्नेछन् । संघ बलीयो भएको खण्डमा मात्र सदस्य संस्था बलीयो हुन्छ । संस्था बलीयो हुने वित्तिकै सदस्यमा पनि समृद्धि प्राप्त हुन्छ । हिजो गर्न नसकेका काम यो कार्यसमितिले गर्नेछ । शिक्षा, तालिम, भ्रमण र साकोस सुदृढिकरणको काम यो कार्यसमितिले गर्नेछ ।

अभिलेख

लोकप्रिय