कल्याण साकोसमा नयाँ सञ्चालक
भक्तपुर, १ पुस । कल्याण बचत तथा ऋण सहकारी संस्था लि तौलाछेँ भक्तपुरको छैठौँ साधारणसभा तथा तेस्रो अधिवेशनले संस्थाको सञ्चालक समितिको अध्यक्ष पदमा राम सिख्वःलाई निर्विरोध चयन गरेको छ ।
सञ्चालक समितिका अन्य सदस्यमा उपाध्यक्षमा दीपक मूल, सचिवमा दुर्गामान श्रेष्ठ, कोषाध्यक्ष गंगाप्रसाद ख्याजू र सदस्यमा राजेन्द्र गणे, कृष्णदाश कायष्ठ र सुजाता श्रेष्ठ तथा लेखा सुपरीवेक्षण समितिको संयोजकमा लक्ष्मीप्रसाद गोसाईं र सदस्यमा हरिगोपाल राजभण्डारी चयन हुनुभएको छ ।
श्री पद्म उच्च माविका प्राचार्य राम हाडाको प्रमुख आतिथ्यत्वमा भएको साधारणसभामा सामूहिक साकोसका राजेश किजू, शुभकामना साकोसका वरिष्ठ प्रबन्धक बालमुकुन्द सुवाल, डिभिजन सहकारी कार्यालय भक्तपुरका ज्ञानहरि पौडेल र सहकारीका सल्लाहकार नित्यनाथ श्रेष्ठलगायतले सहकारीका बारेमा आ¬¬आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सहकारीका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कोषाध्यक्ष गंगाप्रसाद ख्याजूले वार्षिक आर्थिक प्रतिवेदन पेस गर्दै ३८५ सदस्यको रु १५ लाख ४४ हजार ८०० सेयर पुँजी सङ्कलन भएको बताउनुभयो ।
संस्थाले छरिएर रहेको सानासाना पुँजीलाई सङ्कलन गर्दै सदस्यलाई न्यून ब्याजदरमा आयमूलक, सीपमूलक र व्यावसायीमूलक रूपमा लगानी प्रवद्र्धन गर्ने गरेको जनाएको छ ।
कार्यक्रममा संस्था ज्येष्ठ सदस्य दशबहादुर प्रजापतीलाई सम्मान गर्नुका साथै सदस्यलाई निःशुल्क रूपमा रक्तचाप र मधुमेह परीक्षणसमेत गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार