१४ बैशाख २०८१, शुक्रबार

कल्याण साकोसमा नयाँ सञ्चालक

४ पुष २०७०, बिहीबार
कल्याण साकोसमा नयाँ सञ्चालक

भक्तपुर, १ पुस । कल्याण बचत तथा ऋण सहकारी संस्था लि तौलाछेँ भक्तपुरको छैठौँ साधारणसभा तथा तेस्रो अधिवेशनले संस्थाको सञ्चालक समितिको अध्यक्ष पदमा राम सिख्वःलाई निर्विरोध चयन गरेको छ ।

सञ्चालक समितिका अन्य सदस्यमा उपाध्यक्षमा दीपक मूल, सचिवमा दुर्गामान श्रेष्ठ, कोषाध्यक्ष गंगाप्रसाद ख्याजू र सदस्यमा राजेन्द्र गणे, कृष्णदाश कायष्ठ र सुजाता श्रेष्ठ तथा लेखा सुपरीवेक्षण समितिको संयोजकमा लक्ष्मीप्रसाद गोसाईं र सदस्यमा हरिगोपाल राजभण्डारी चयन हुनुभएको छ ।

श्री पद्म उच्च माविका प्राचार्य राम हाडाको प्रमुख आतिथ्यत्वमा भएको साधारणसभामा सामूहिक साकोसका राजेश किजू, शुभकामना साकोसका वरिष्ठ प्रबन्धक बालमुकुन्द सुवाल, डिभिजन सहकारी कार्यालय भक्तपुरका ज्ञानहरि पौडेल र सहकारीका सल्लाहकार नित्यनाथ श्रेष्ठलगायतले सहकारीका बारेमा आ¬¬आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सहकारीका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कोषाध्यक्ष गंगाप्रसाद ख्याजूले वार्षिक आर्थिक प्रतिवेदन पेस गर्दै ३८५ सदस्यको रु १५ लाख ४४ हजार ८०० सेयर पुँजी सङ्कलन भएको बताउनुभयो ।

संस्थाले छरिएर रहेको सानासाना पुँजीलाई सङ्कलन गर्दै सदस्यलाई न्यून ब्याजदरमा आयमूलक, सीपमूलक र व्यावसायीमूलक रूपमा लगानी प्रवद्र्धन गर्ने गरेको जनाएको छ ।

कार्यक्रममा संस्था ज्येष्ठ सदस्य दशबहादुर प्रजापतीलाई सम्मान गर्नुका साथै सदस्यलाई निःशुल्क रूपमा रक्तचाप र मधुमेह परीक्षणसमेत गरिएको थियो ।

अभिलेख

लोकप्रिय