१४ बैशाख २०८१, शुक्रबार

विकू साकोसले ९ प्रतिशत मै कृषि कर्जा दिने

८ आश्विन २०७७, बिहीबार
विकू साकोसले ९ प्रतिशत मै कृषि कर्जा दिने

गैंडाकोट, ८ असोज

विकू बचत तथा ऋण सहकारी संस्थाले बार्षिक ९ प्रतिशत ब्याजदर मै कर्जा प्रवाह गर्ने भएको छ ।

संस्थाले ‘कृषि व्यवसायको आधार, विकूले बनाउने छ साकार’ भन्ने नाराका साथ कृषि कर्जा सार्वजनिक गरेको छ । नयाँ ब्याजदर अनुसार अब सदस्यहरुले बार्षिक ९ प्रतिशत ब्याजदरमा कृषि कर्जा पाउने छन् । ब्याजदर सस्तो हुँदा कृषि क्षेत्रमा सदस्यहरुको सकिृय सहभागिता हुने अपेक्षा संस्थाले गरेको छ ।

कृषि पेशालाई व्यवसायिक बनाई मुलुकलाई आत्मनिर्भरतातर्फ केन्द्रित बनाउने उद्देश्य संस्थाले राखेको जनाएको छ ।

अभिलेख

लोकप्रिय