१९ बैशाख २०८१, बुधबार

२४ वर्षमा चन्द्रागिरि साकोस, सदस्यको बचत र लगानीको पूर्ण सुरक्षाको ग्यारेन्टी

६ बैशाख २०८१, बिहीबार
२४ वर्षमा चन्द्रागिरि साकोस, सदस्यको बचत र लगानीको पूर्ण सुरक्षाको ग्यारेन्टी

काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको २३ वर्ष पुरा गरेको छ ।

२०५७ साल पौष २२ गते २५ जना किसान, बेरोजगार तथा सामाजिक अभियन्ताहरु मिलि संस्था स्थापना गरिएको थियो । तर, औपचारिक रुपमा भने २०५८ साल बैशाख ६ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको थियो । दर्तापछि संस्थाले औपचारिक कारोबार प्रारम्भ गरको थियो ।

२५ जना व्यक्ति र २५ हजार पुँजीबाट स्थापना भएको चन्द्रागिरि साकोसमा हाल २० ३ सय ८४ जना सदस्य आवद्ध छन् । यस अवधिसम्म आईपुग्दा संस्थाले ३ अर्ब ५१ करोडको कारोबार गर्न सफल भएको छ ।

संस्थाको व्यालेन्ससिट भन्दा सदस्यहरुको ब्यालेन्ससिट बढाउने, वित्तीय कल्याणमार्फत सदस्यहरुको जीवनयापनलाई सहज र सुव्यवस्थित बनाउने, बचत सँगसँगै सदस्यको खुसी र समृद्धि पनि वृद्धि गर्ने नै संस्थाको अबको लक्ष्य रहेको संस्थाका अध्यक्ष योगेन्द्र कुमार कुँवरले जानकारी दिए ।

‘सहकारी क्षेत्रको छवि धमिलो हुँदै गइरहेको वर्तमान अवस्थामा आफ्नो सवल वित्तीय अवस्था, गुणस्तरीय सेवा र सदस्य सुविधाका विभिन्न कार्यक्रमहरुद्वारा यस संस्थाले आफ्नो बेग्लै पहिचान बनाउन सफल भएको छ’, अध्यक्ष कुँवरले भने, ‘वर्तमान अवस्थामा संस्थाको सदस्यता वृद्धि, बचत वृद्धि, न्यून ब्याजदरमा ऋण लगानी, निरन्तर सदस्य शिक्षा तथा विस्तारित मञ्चहरु सञ्चालन र सदस्यहरुका धेरै सफलताहरु निर्माण गर्दै अगाडि बढ्नुले संस्थाको सक्रियता र सदस्य केन्द्रीयतालाई पुष्टी गर्दछ । सहकारीको मूल्य र सिद्धान्त एवं सहकारी ऐन, नियमावली तथा मापदण्ड र निर्देशनहरुको परिपालनामा सदैव प्रतिवद्ध रही संस्था सञ्चालन हुनुले हाम्रो सुशासकीय र वैधानिक उत्तरदायित्व परिपालनामा सम्झौता रहित कार्यान्वयन पक्षको उजागर गर्दछ ।’

अर्थतन्त्रमा थपिएका नयाँ नयाँ चुनौतीले सृजना गरेका कठिनाईहरु होस् या सहकारी अभियान भित्र सृजना भएका नयाँ अवरोधहरु, यस संस्था सदैव एक असल सहकारी संस्था र सदस्यहरुको सारथी बन्ने संस्थाले अठोट गरेको छ ।

उत्कृष्ट व्यवस्थापन, गुणस्तरीय सेवा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरुको पूर्ण पालनामार्फत हामी सदस्यहरुको बचत र लगानीको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्दछौं र संस्थाप्रति दर्शाउनु भएको विश्वास र भरोसालाई डगमगाउन नदिने समेत संस्थाले प्रतिवद्धता जनाएको छ ।

२०८० चैत्र मसान्तसम्म संस्थाको सेयर पुँजी २० करोड ४४ लाख, जगेडा कोष ८ करोड ४९ लाख, कुल संस्थागत पुँजी १० करोड ५१ लाख र अन्य कोषमा ११ करोड ८३ लाख रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै कुल बचत २ अर्ब ९० करोड ३३ लाख, लगानी २ अर्ब ३१ करोड १ लाख रहेको छ । संस्थासँग २७.४६ प्रतिशत तरलता रहेको श्रेष्ठले बताए ।

अभिलेख

लोकप्रिय