१४ बैशाख २०८१, शुक्रबार

उपासना महिला साकोसको १२ औं साधारण सभा सम्पन्न

२४ आश्विन २०७८, आईतवार
उपासना महिला साकोसको १२ औं साधारण सभा सम्पन्न

काठमाडौं : नागार्जुन–४, सितापाईला स्थित उपासना महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष अमरावती बलामी महर्जनको सभापतित्वमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती रहनुभएको थियो । त्यस्तै विशिष्ट अतिथिमा जिल्ला सहकारी संघ, काठमाडौंका महासचिव मनोज भण्डारी, संस्थाका सल्लाहकार अनुपमान राज भण्डारी अतिथि रहनुभएको थियो ।

असोज १६ गतेबाट सुरु भएको साधारण सभा शनिबार विभिन्न विधामा सम्मान गर्दै समापन गरिएको हो । सदस्यहरुलाई प्रत्यक्ष रुपमा कार्यालयमा उपस्थित गराई संस्थाको कारोबार, सहकारीको मूल्य मान्यता, बैंक तथा वित्तीय संस्था र सहकारी बीचको फरक, बचतको महत्व बुझाएको थियो । त्यस्तै सदस्यहरुले संस्थालाई अझै सशक्त बनाउन चाल्नु पर्ने कदम बारे सुझाब समेत संकलन गरेको थियो ।

साधारण सभाले संस्थाका अध्यक्ष अमरावती बलामी महर्जनले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, लेखा समिति संयोजक मैयाँ चापागाईले प्रस्तुत गर्नुभएको लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गरेको छ ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै संस्थाका अध्यक्ष महर्जनले आर्थिक वर्ष २०७७/०७८ का संस्थाको चुक्ता पुँजी १ करोड ३४ लाख ९९ पुगेको जानकारी गराउनुभयो । त्यस्तै निक्षेप ७ करोड ७२ लाख २१ हजार, लगानी ८ करोड ७० लाख २७ हजार, आम्दानी १ करोड २० लाख २३ हजार, खर्च ९९ लाख ९५ हजार र नाफा २० लाख २८ हजार भएको जानकारी गराउनुभयो ।

चालु आर्थिक वर्षमा संस्थाको सेयर पुँजी १ करोड ६० लाख, निक्षेप ९ करोड, ऋण लगानी १० करोड गर्ने अनुमानित बजेट सभामा पेश गर्नुभएको थियो ।

त्यस्तै संस्थाका विविन्न विधामा सम्मान समेत गरेको छ । उद्यमी महिला सम्मानबाट कुमुदपुरी भारती, उपासना सम्मान २०७८बाट सञ्जय श्रेष्ठ (सितापाईला चस्मा घर), समाजसेवी राजेन्द्र थापा, उत्कृष्ट जोडी सम्मानबाट शिव भुजेल र श्रेया भुजेल, उत्कृष्ट समूह नयाँ बिहानी समूह, नियमित बचतकर्ता पार्थ भट्ट, उत्कृष्ट कर्जाबाहक पुरस्कारबाट जुने कार्की, उत्कृष्ट पत्रकार सम्मान काजी श्रेष्ठ र उत्कृष्ट कर्मचारी सलोनी मोक्तान सम्मानित हुनुभएको छ ।

अभिलेख

लोकप्रिय