१४ बैशाख २०८१, शुक्रबार

पोखरा रोयल बचतमा निक्षेप बढ्यो, तरलता २४.८० प्रतिशत

३ फाल्गुन २०७९, बुधबार
पोखरा रोयल बचतमा निक्षेप बढ्यो, तरलता २४.८० प्रतिशत

कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले माघ मसान्तको अपरष्किृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार संस्थामा २४.८० प्रतिशत तरलता रहेको छ ।

विवरण अनुसार शेयरपुँजी २१ करोड ६ लाख रुपैयाँ, जगेडा कोषमा १५ करोड ७३ लाख, कुल बचत १ अर्ब ६७ करोड ७७ लाख, ऋण लगानी एक अर्ब ७८ करोड ८५ लाख रुपैयाँ रहेको छ । त्यस्तै कुल संस्थागत पुँजी १५ करोड ८८ लाख, विभिन्न कोषको जम्मा रकम ११ करोड ९८ लाख र कुल सम्पत्ति २ अर्ब २८ करोड ३२ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ । संस्थासँग तरलता रकम ४१ करोड ६१ लाख २१ हजार रुपैयाँ रहेको छ ।

८ हजार ७ सय ७७ जना सेयर सदस्य रहेको संस्थामा कुल ऋणी सदस्य संख्या एक हजार ५ सय ९ जना रहेको छ ।

पुष मसान्तमा संस्थासँग तरलता रकम ४० करोड ७५ लाख ९४ हजार रुपैयाँ अर्थात २४.४८ प्रतिशत तरलता रहेको थियो ।

 

अभिलेख

लोकप्रिय