१४ बैशाख २०८१, शुक्रबार

सहकारीमा तरलता सहज बन्दै, सहकारी बैंकमा प्रयाप्त तरलता

६ मंसिर २०७९, मंगलवार
सहकारीमा तरलता सहज बन्दै, सहकारी बैंकमा प्रयाप्त तरलता

काठमाडौं : राष्ट्रिय सहकारी बैंकमा लगानी योग्य रकम (तरलता) बृद्धि भएको छ । राष्ट्रिय सहकारी बैंकमा तरलता बढ्नु भनेको सहकारी संस्थाहरुमा पनि बढ्नु हो ।

बैंकले प्रकाशित गरेको कार्तिक महिनाको अपरष्किृत वित्तीय विवरण अनुसार बैंकसाग् १८.३९ प्रतिशत तरलता रहेको छ । असोज मसान्तमा बैंकसँग १५.२६ प्रतिशत मात्र तरलता थियो ।

बैंकमा निक्षेप (बचत) रकम बृद्धि र ऋण लगानी कम गरेर तरलता रकम बढाएको छ । असोज मसान्तमा बैंकमा ४० अर्ब ३५ करोड ८३ लाख बचत रहेकोमा कात्तिक मसान्सम्ममा आईपुग्दा ४० अर्ब ७० करोड ७९ लाख रुपैयाँ पुगेको छ ।

यस्तै ऋण लगानी असोजमा ३५ अर्ब ५७ करोड ९६ लाख थियो । कार्तिक मसान्तमा आईपुग्दा ३५ अर्ब १० करोड २२ लाख रुपैयाँमा झरेको छ । कात्तिक मसान्तसम्ममा बैंकको शेयरपुँजी २ अर्ब ९४ करोड ७ लाख रुपैयाँ, सदस्य संख्या १५ हजार ६ सय ३६ रहेको छ ।

त्यस्तै कुल ऋणी सदस्य संख्या २ हजार ७ सय ३१ रहेको रहेको बैंकले जनाएको छ ।

अभिलेख

लोकप्रिय