१४ बैशाख २०८१, शुक्रबार

देउराली फलोअपः १० हजार पनि भुक्तानी गर्न नसकेपछि टोकन सिस्टम, टोकन पाउनै महाभारत

१३ असार २०७९, सोमबार
देउराली फलोअपः १० हजार पनि भुक्तानी गर्न नसकेपछि टोकन सिस्टम, टोकन पाउनै महाभारत

ललितपुर : ललितपुरको सातदोबाटोमा प्रधान कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्था दैनिक १० हजार पनि भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ । आर्थिक कारोबार नै बन्द गरेर पुनः सुचारु भएको देउराली बहुउद्देश्यीय सहकारी पुनः रकम भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ ।

प्रति सदस्य १० हजार भुक्तानी गर्दै आएको देउरालीले सिमित संख्यामा मात्र रकम भुक्तानी गर्न थालेको छ । संस्थाले टोकन विवरण गर्ने रकम भुक्तानी सुरु गरेको छ । दैनिक एक सय जनालाई मात्र रकम भुक्तानी गर्न थालेको देउराली सहकारी प्रधान कार्यालयका एक कर्मचारीले बताए ।

असार २७ गतेसम्मको लागि टोकन विवरण भैसकेको समेत ती कर्मचारीले जानकारी दिए ।

तर, संस्थाका सदस्यहरु भने रुष्ट भएका छन् । टोकन पाउने भन्दा नपाउने सदस्यहरु धेरै रहेका छन् । पैसा फिर्ता दिनुत परको कुरा टोकन समेत नपाएको सदस्यहरुले गुनासो गरेका छन् । संस्थाले कति जनालाई टोकन वितरण गरेको हो, के आधारमा टोकन वितरण गरेको भन्ने आधिकारीक जानकारी दिएको छैन ।

संस्थाका सदस्यहरुले संस्था थप संकटमा गएको र बहाना स्वरुप टोकन वितरण गरेको आरोप लगाएका छन् ।

सदस्यहरुबाट झण्डै ३ अर्ब बचत संकलन गरेको देउरालीले जग्गा र सञ्चालकको निजी व्यवसायमा लगानी गर्दा संस्थाको तरलता व्यवस्थापनमा समस्या देखिएको ।

यो पनि पढ्नुहोस्

चर्को दबाबपछि देउरालीको कारोबार खुला, प्रति सदस्य १० हजार मात्र भुक्तानी

फलोअप १ : जग्गा र मिटर ब्याजले डुब्यो देउराली सहकारी

देउराली बहुउद्देश्यीय सहकारी आर्थिक संकटमा, सूचना टाँसेर कारोबार बन्द

अभिलेख

लोकप्रिय