१४ बैशाख २०८१, शुक्रबार

बागमती प्रदेशमा सहकारी दिवस मनाउन बन्यो १ हजार १ सदस्यीय जम्बो समिति

७ चैत्र २०७७, शनिबार
बागमती प्रदेशमा सहकारी दिवस मनाउन बन्यो १ हजार १ सदस्यीय जम्बो समिति

काठमाडौं : ६४ औँ राष्ट्रिय सहकारी दिवस मनाउनका लागि बागमती प्रदेशमा १ हजार १ सदस्यको सहकारी दिवस मूल समारोह समिति गठन गरिएको छ।

बागमती प्रदेश सहकारी संघले सहकारी दिवस मनाउन १००१ सदस्यीय मूल आयोजक समारोह समिति गठन गरेको हो। प्रदेश राजधानी हेटौँडामा शुक्रबार भएको भेलाले राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको संयोजकत्वमा मूल आयोजक समारोह समिति गठन गरेको हो।

यो वर्षको सहकारी दिवसको नारा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ तय गरेपछि प्रदेश तथा जिल्ला सहकारी संघहरूले सहकारी दिवसका कार्यक्रमहरू तय गर्न थालेका छन्।

बागमती प्रदेश सहकारी संघले दिवस मनाउनका लागि समितिको सहसंयोजकमा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे तथा सचिवमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखाका कानुन अधिकृत प्रकाश चापागाईँ रहेका छन् ।

यसैगरी मूल आयोजक समारोह समितिमा महासंघका बागमती प्रदेश भित्रका सबै सञ्चालक, प्रदेश सहकारी सङ्घका पदाधिकारी सञ्चालक, प्रदेश विषयगत सहकारी सङ्घका सञ्चालक, मकवानपुर जिल्ला सहकारी संघका सबै सञ्चालक, मकवानपुरका विषयगत सहकारी संघका सञ्चालक, राष्ट्रिय सहकारी बैंक हेटौँडा शाखा, नेफ्स्कून हेटौँडा शाखा, साना किसान बैंक हेटौँडा र ग्रामीण महिला सेवा केन्द्रका प्रतिनिधिहरू सदस्य रहेका छन् ।

दिवसको अवसरमा चैत १९ गते चोक चोकमा दीपावली गर्ने तथा बृद्ध आश्रममा फलफूल तथा खाद्यान्न वितरण गर्ने कार्यक्रम तय गरिएको छ । चैत २० गते बिहान भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय हेटौँडा चौकी टोलबाट र्याली सहितको कार्यक्रम आयोजना गरिने कार्यक्रम रहेको छ । मूल समारोह समितिका संयोजक नारायण देवकोटाको संयोजकत्वमा १५ सदस्यीय सचिवालय समेत गठन गरिएको छ ।

समारोह समितिका सहसंयोजक, सचिव लगायत प्रदेश विषयगत सहकारी संघका अध्यक्षहरू, मकवानपुर जिल्ला विषयगत सहकारी सङ्घका अध्यक्षहरू, मकवानपुर नेफ्स्कून फिल्डका प्रतिनिधि, राष्ट्रिय सहकारी बैंक प्रदेश प्रतिनिधि, साना किसान बैंक प्रतिनिधि, ग्रामीण महिला सेवा केन्द्रका अध्यक्ष, मकवानपुर जिल्ला सहकारी संघका व्यवस्थापक सदस्य रहेका छन् ।

यसै गरी सचिवालयको आमन्त्रित सदस्यमा बागमती प्रदेश सहकारी रजिस्ट्रार विक्रम पाण्डे, मकवानपुर जिल्ला सहकारी सङ्घका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्साल र प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिका बल्लव सापकोटा रहेका छन् ।

अभिलेख

लोकप्रिय