नवकान्तिपुर सहकारी र मिर्गौला उपचार केन्द्र बीच सम्झौता, सदस्यको उपचारमा विशेष छुट
काठमाडौं : नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड र राष्ट्रिय मिर्गौला उपचार केन्द्र/हेकाफ- नेपालबीच सेवा आदान प्रदान गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
संस्थाका अध्यक्ष शिव प्रसाद सिटौला र राष्ट्रिय मिर्गौला उपचार केन्द्रका अध्यक्ष डा. ऋषी कुमार काफ्लेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात नवकान्तिपुर साकोसका सदस्यहरुलाई राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा प्रयोगशाला परिक्षणमा २० प्रतिशत छुट प्रदान गरिने छ ।
साथै ओपिडि लगायत अन्य सेवाहरुमा प्राथमिकता प्रदान गरिने, मिर्गौला रोगबाट बिरामी भएका सदस्यहरुलाई निःशुल्क डायलासिस सेवामा उच्च प्राथमिकतामा राखि सेवा प्रवाह गरिने, संस्थाले सञ्चालन गरेका विभिन्न सामाजिक क्रियाकलापहरुमा निःशुल्क मिर्गौला परिक्षण शिविर सञ्चालन गरिने भएको छ ।
साथै संस्थाले राष्ट्रिय मिर्गौला उपचार केन्द्रद्वारा सञ्चालन हुने ‘मिर्गौला बचाऔं अभियान’ कार्यक्रममा संस्थाको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सम्झौता भएको छ । सम्झौता २०८१ मंसीर १ गतेदेखि लागु हुने गरि १ वर्षको लागि सम्झौता भएको संस्थाका सहमहाप्रबन्धक तथा सूचना अधिकारी मनोज कुमार सेढाईले जानकारी दिए ।
सेवा प्राप्त गर्न संस्थाका सदस्यहरुले आफ्नो सदस्यता परिचय पत्रको साथमा संस्थामा तोकिएको फोकल पर्सनमार्फत सहजिकरणको व्यवस्था गरिएको उनले बताए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार