५ जेष्ठ २०८१, शनिबार

यस्तो छ एकिकृत फ्रेण्डसीप साकोसको वित्तीय अवस्था

६ चैत्र २०८०, मंगलवार
यस्तो छ एकिकृत फ्रेण्डसीप साकोसको वित्तीय अवस्था

दोलखा : जिरी-५ मा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसीप साकोसले २०८० फागुन मसान्तसम्मसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले सहकारी विभागको निर्देशन बमोजिम हरेक महिना वित्तीय विवरण प्रकाशित गर्दै आएको छ ।

विवरण अनुसार संस्थाको शेयरपुँजी १० करोड ९३ लाख १४ हजार, जगेडा कोषमा ६ करोड ५२ लाख, अन्य कोषहरुमा २ करोड ६२ लाख रहेको छ । त्यस अवधिमा संस्थाले १ अर्ब ११ करोड ६० लाख रुपैया बचत संकलन गरेको छ भने १ अर्ब १ करोड ९८ लाख रुपैया ऋण लगानी गरेको छ । संस्थाको कुल वासलात १ अर्ब ३६ करोड ६९ लाख पुगेको छ ।

फागुनमसान्तमा संस्थाको तरलता प्रतिशत १८.१२ अर्थात २० करोड २२ लाख २७ हजार रहेको छ । संस्थामा महिल ७७२९ र पुरुष ७७९६ गरी कुल १५ हजार ६३८ सदस्य तथा बाल सदस्य संख्या ४ हजार २९४ रहेको छ । त्यसमध्ये कुल ऋणी सदस्यको संख्या २ हजार ४३९ रहेको छ ।

यसैबीच संस्थाले ऋणी सदस्यलाई हर्जानामा ७० प्रतिशत छुट दिने निर्णय गरेको छ । सञ्चालक समितिको पूर्ण बैठकले भाखा नाघेका ऋणीहरुको हकमा एकमुष्ठ किस्ता तथा ब्याज रकम भुक्तानी गर्दा नियमानुसार लाग्ने हर्जनामा ७० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

यसरी छुट पाउन सदस्यहरुले चैत्र महिनाको ३० गतेभित्र भाखा नाघेको किस्ता तथा ब्याज भुक्तानी गर्नको हकमा मात्रै लागू हुने संस्थाले जनाएको छ ।

 

अभिलेख

लोकप्रिय