५ जेष्ठ २०८१, शनिबार

जिल्ला सहकारी संघ भक्तपुरको अध्यक्षमा ध्रुव रायमाझी निर्वाचित, कसले कति मत ल्याए?

२ चैत्र २०८०, शुक्रबार
जिल्ला सहकारी संघ भक्तपुरको अध्यक्षमा ध्रुव रायमाझी निर्वाचित, कसले कति मत ल्याए?

काठमाडौं : जिल्ला सहकारी संघ, भक्तपुरको अध्यक्षमा ध्रुव बहादुर रायमाझी निर्वाचित भएका छन् । संघको आज सम्पन्न २५ औं वार्षिक साधारणबाट रायमाझी अध्यक्षमा निर्वाचित भएको हो ।

नयाँ नेतृत्व चयनको लागि आज निर्वाचन भएको थियो । रायमाझीले ७१ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी गणेशमान चक्रधरले ५९ मत ल्याएका थिए । निर्वाचित रायमाझी पारिजात बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष हुन् ।

त्यस्तै महिला अध्यक्षमा सहना पसखल निर्वाचित भएकी छिन् । उनका प्रतिस्पर्धी सविता खत्रीले ५८ मत ल्याउँदा पसखलले ७० मत ल्याई विजयी भएकी हुन् ।

त्यस्तै उपाध्यक्षमा विरेन्द्र भक्त प्रधानाङ्ग निर्वाचित भएका छन् । उनले ७४ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी रामसुन्दर श्रेष्ठले ५४ मत ल्याए । त्यसैगरी सचिवमा रामप्रसाद कासुला विजयी भएका छन् । कासुलाले ६९ मत ल्याए भने प्रतिस्पर्धी राजभाई जयनाले ६० मत ल्याए ।
कोषाध्यक्षमा ७१ मत ल्याएर राजकुमार सिलवाल निर्वाचित हुँदा उनका प्रतिस्पर्धी उत्तम सापकोटाले ६१ मत ल्याए ।

त्यस्तै संघको सञ्चालकहरुमा मनोज गिरी, विकास खड्का, रामचन्द्र गोसाई, सुलोचना दुवाल, नारायण प्रसाद स्वंगमिखा र सरिता थापा निर्वाचित भएका छन् ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा ५३ मत ल्याएर पुस्कर देउजा विजयी भए भने उनका प्रतिस्पर्धी आशाराम खुसुले ४९ र कृष्णहरी सैजुले २३ मत ल्याए । लेखा समिति सदस्यमा कृष्णमान प्रजापती निर्वाचित भए भने अर्का सदस्यमा सावित्री थापा निर्विरोध निर्वाचित भए ।

 

अभिलेख

लोकप्रिय