५ जेष्ठ २०८१, शनिबार

२०३० सम्म सहकारीहरु पूर्ण रुपमा डीजिटाइज हुनेछन्: महाप्रबन्धक सुब्बा

२ चैत्र २०८०, शुक्रबार
२०३० सम्म सहकारीहरु पूर्ण रुपमा डीजिटाइज हुनेछन्: महाप्रबन्धक सुब्बा

काठमाडौं : राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बाले सन् २०३० सम्म सहकारीहरु पूर्ण रुपमा डीजिटाइज हुने बताएकी छिन् ।

प्रथम सहकारी डिजिटल कन्क्लेभको दोस्रो दिन प्रस्तुती दिँदै सुब्बाले अहिलेको अवस्थालाई पार गरेर जति सहकारी रहन्छन् ती सबै सहकारी डिजिटल रुपमा स्मार्ट हुने बताईन ।

राष्ट्रिय सहकारी महासंघले साईबर सुरक्षा नीति र मार्गदर्शन पारित गरिसकेको उल्लेख गर्दै सोही नीति अनुरुप सहकारीहरुले आफूलाई परिमार्जन गरेर लैजानुपर्ने उल्लेख गरिन ।

सहकारीहरुले प्रयोग गर्ने कोर बैंकिङ सिस्टममा एकरुपता हुनु आवश्यक रहेको उल्लेख गर्दै सफ्टवेर सेवा प्रदायकहरुले संस्थाका सबै कुरालाई समेट्ने खालको प्रविधिको विकास गर्न आवश्यक रहेको बताईन । सहकारीको एकीन तथ्यांक ल्याउनका लागि समस्या भईरहेकाले सफ्टवेयरमा नियामक निकाय र महासंघलाई रिपोर्टिङ हुनेगरी इन्टरलिंकको व्यवस्था गरिदिनुपर्ने उनको जोड छ ।

 

अभिलेख

लोकप्रिय