५ जेष्ठ २०८१, शनिबार

सहकारीलाई डिजिटाईजेशनमा लैजान सके नियमन सजिलो हुन्छ: सिईओ पौडेल

१ चैत्र २०८०, बिहीबार
सहकारीलाई डिजिटाईजेशनमा लैजान सके नियमन सजिलो हुन्छ: सिईओ पौडेल

काठमाडौं : विकू बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) माधव प्रसाद पौडेलले अहिले सहकारीमा प्रविधिको प्रयोग बढेर गएको बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रथम सहकारी डिजिटल कन्क्लेभ कार्यक्रममा प्रविधि प्रयोगको अनुभव साट्दै उनले विकु साकोसले पहिलो पटक सहकारी क्षेत्रमा एटीएम सञ्चालनमा ल्याएको बताए ।

प्रविधिमा लगानी गर्न बढाउन सके लामो समयसम्म सेवा प्रदानमा विश्वसनीयता कायम गर्न सकिने उनले बताए । प्रविधिको प्रयोगले संस्थागत लागत घट्न गई सदस्यलाई बढी भन्दा बढी सेवा दिने सकिने उनको भनाई छ ।

उमेर, आयस्तर, भौगोलिक स्थान लगायतका कारण डिजिटल प्रविधिको पहुँचमा असमानता छन् । प्रविधिमा जाँदा लागत बढ्ने जस्ता समस्या हुने गरेको उनको भनाई छ ।

सहकारीमा प्रविधि प्रयोगका लागि कर्मचारी र सदस्यलाई तालिम, प्रशिक्षण आवश्यक हुने, नयाँ डिजिटल प्रविधिको पहुँच, अप्रयाप्त ईन्टरनेट सुविधा, ईन्टरनेट जडान र डिभाईसको सिमित पहुँच जस्ता चुनौती रहेको उनले सुनाए ।

प्रविधिको सुरु गर्दा सदस्यलाई बुझाउन समस्या भएको बताउँदै उनले एकीकृत सिस्टमको अभाव र सरोकारवाला निकायका कारण पनि डिजिटलमा जान सुरुमा समस्या हुने गरेको गुनासो गरे ।

प्रविधिमा जान डेडिकेटेड ईन्टरनेट चाहिने, लागत कम हुनुपर्ने, दक्ष जनशक्ति, भौतिक पुर्वाधार, प्रविधि साक्षरता जस्ता थुप्र कुराको आवश्यक भएको उनले औंल्याए । सबै सहकारीलाई डिजिटलमा लैजान सके नियमन सजिलो हुने तर, प्रविधिमा जाँदा साईबर सुरक्षामा ध्यान दिन भने आवश्यक छ ।

विकूले स्मार्ट बैकिङ चलाएको र त्यसमा फिचर थाप्दै गएको, मिसकल बैकिङको सेवा दिएको उनले जानकारी दिए । १ लाख ३० हजार सदस्य मध्ये १ लाख १० हजारको डकुमेन्ट डिजिटल गराउने क्रममा रहेको उनको भनाई छ ।

राष्ट्रिय सहकारी महासंघका पुर्व अध्यक्ष मिनराज कंडेलले अब सहकारी डिजिटलमा जान आवश्यक रहेको बताए । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रथम सहकारी डिजिटल कन्क्लेभ कार्यक्रममा बोल्दै उनले प्रविधिको प्रयोगका बिषयमा बिकु सहकारीबाट धेरै सिक्न सकिने बताए । अब डिजिटलमा नजाने हो भने सहकारीको अस्तित्वमा प्रश्न उठ्ने उनको भनाई छ । २०३० मा सबै सदस्य प्रविधिमैत्री हुनेछन भन्ने लक्ष्य रहेको र सोेही अनुसार काम गर्न आवश्यक रहेको छ ।

अब २०३० सम्म प्रविधि मैत्री हुनै पर्ने भएका कारण यसको नेतृत्व महासंघले गर्ने कँडेलले बताए । यसका लागि कानुनी बाधा भए त्यो फुकाउनु पर्ने र निजी कम्पनीलाई पिएसओ र पिएसपि सेवा दिने सरकारले सहकारीलाई नदिएको उनको गुनासो छ ।
सबै सदस्यलाई प्रविधिमैत्री बनाउन राज्यको सहयोग अपरिहार्य रहेको उनको बुझाई छ ।

सोही कार्यक्रममा टिप्पणाी गर्दै महासंघका सन्चालक परितोष पौडेलले राज्यसँग  राष्ट्रिय भुक्तानी प्रणालीमा जोड्ने बिषयमा पटक पटक छलफल भएको र त्यसमा कानुन तथा मौद्रिक नीति बाधक भएको बताए ।

यसमा साईबर सुरक्षा पनि जोडिने भन्दै उनले सहकारीलाई पिएसपी र पिएसओ चलाउन नदिएको उल्लेख गरे । महासंघले पिएसओ र पिएसपी सहकारीले चलाउन सक्नेगरी लबिङ गरिरहेको उनले सुनाए । अहिले बजारमा ३५० सफ्ट्वेयर प्रयोगमा रहेको र निश्चित मापदण्ड पूरा गरेका कम्पनीसँग महासंघ जोडिएर जाने उनले बताए ।

मकवानपुर बचत संघकी अध्यक्ष कल्पना श्रेष्ठले सफ्टवेयरमा जाँदा सुरुमा निकै चुनौतीपुर्ण रहेको बताईन् । कर्मचारीले काम सिक्न थालेपछि उनीहरुलाई कार्यालयमा निरन्तरता दिन समस्या रहेको र अन्य संस्थामा सुविधा पाएर जाने गरेको बताइन् ।

कतिपय संस्थाले मापदण्ड पुरा नगरेका प्रविधिको प्रयोगले आफन्तले लिएको ऋणको ब्याज कम देखाउने जस्ता समस्या रहेको स्मरण गरिन् ।

एउटै युजर धेरैले प्रयोग गर्दा केही समस्या आएको र एकले अर्काेलाई आरोप प्रत्यारोप गरेरस समस्याबाट पन्छिने गरेको उनले उल्लेख गरिन् । प्रविधिको प्रयोग गर्दा पनि सय बित्दै जाँदा सिस्टम ढिलो चल्ने जस्ता समस्या आउने गरेको उनको गुनासो छ ।
एम बैंकका सिईओ सञ्जय महासेठले धेरै सहकारी क्लाउड बेसमा रहेको बताए । सहकारीमा डिजिटल पढाइ, अभ्यासको कमि रहेको र यसका लागि नितिगत सुरक्षाका साथै अपडेटेड सिस्टम प्रयोग गर्नुपर्ने तथा सिस्टम अडिट, ह्याकरको समस्याका बारेमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

जनकल्याण बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्णकान्त मिश्रले अब सहकारी मेनुअलबाट सिस्टममा जानू पर्ने बताए । यसका नीतिगत चुनौती रहेको र डिजिटलमा जाँदा भोग्नुपर्ने चुनौतीका लागि आवश्यक नीति निर्माणमा राज्यले ध्यान दिनु पर्नेमा जोड दिए ।

बजारमा रहेका सफ्टवेयरमध्ये कुन प्रयोग गर्ने भनेर लिस्टेड गर्न महासंघलाई उनले आग्रह गरे । सहकारीले आफ्नोे डाटा आफ्नै सर्भरमा राख्न उनले सुझाव दिए ।

सिनर्जी टेक्नोलोजीका सिईओ देवेन्द्र खड्काले प्रविधिमा जाँदा थर्ड पार्टीबाट सिस्टम अडिट गर्ने, अपडेटेड सिस्टम राख्ने लगायतका कुरामा ध्यान दिनुपर्ने बताए । विश्व एआईमा जान थालेको भन्दै अब प्रविधिमा जान ढिला भइसकेको उनको भनाई छ ।

सफ्टवेयर भित्र बसेर काम गर्दा पारदर्शी हुने, सबै सिस्टम सुध्रिने हुँदा त्यसका लागि आवश्यक नितिगत व्यवस्था गर्न आवश्यक रहेको उनको धारणा छ ।

प्रविधिमा प्रयोग गर्ने संस्थाको ग्रोथ भएको उनको अनुभव छ । नेपालको सहकारी अभियानमा डिजिटल सहकारीको सुरुवात नवलपरासी जिल्लामा रहेको विकु बचत तथा ऋण सहकारी सस्थाले गरेको हो ।

अभिलेख

लोकप्रिय