५ जेष्ठ २०८१, शनिबार

सहकारी डिजिटल कन्क्लेभको साझेदारमा ‘एम बैंक’

३० फाल्गुन २०८०, बुधबार
सहकारी डिजिटल कन्क्लेभको साझेदारमा ‘एम बैंक’

काठमाडौं : राष्ट्रिय सहकारी महासंघको आयोजनामा यही चैत १ र २ गते याक एण्ड यति होटलमा ‘प्रथम सहकारी डिजिलट कन्क्लेभ’ हुँदैछ ।

‘डिजिटाइजिङ को-अपरेटिभस्, एटेन्डिङ भिजन २०३०’ भन्ने थिमका साथ नेपालको सहकारी अभियानको इतिहासमा नै पहिलो पटक डिजिटल कन्क्लेभ हुन लागेको हो । कन्क्लेभमार्फत अग्रणी आइसीटी विशेषज्ञहरु, नीति निर्माताहरु र टेक्नोलोजी सेवा प्रदायकहरुसँग सहज अन्तक्रिया हुने भएकाले यसले नेपालको सहकारी अभियानलाई डिजिटल रुपान्तरणको यात्रामा पुलको काम गर्ने आयोजकको दाबी छ ।
उक्त कन्क्लेभमा मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम ‘एम बैंक’ सहयोगी तथा साझेदारको रुपमा जोडिएको छ । एम बैंक सहकारी संस्थाको कारोबारलाई डिजिटलाइजेशन गराउन अग्रणी भूमिका खेल्दै आएको कम्पनी हो । कम्पनीले हालसम्म ७ सयभन्दा बढी सहकारी संस्थालाई डिजिटलाइजेशनमा जोडेको छ ।

नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघको आयोजनामा हुन लागेको डिजिटल कन्क्लेभमा साझेदारमा हुन पाउनु सुखद् पक्ष रहेको एमबैंकका सञ्चालक सञ्जय महासेठले बताए । प्रविधिहरूको रणनीतिक अवलम्बनमार्फत परम्परागत सहकारी कार्यस्थल परिवर्तन गर्न र महत्वाकांक्षी सहकारी भिजन २०३० सँग डिजिटलाइजेसनको शक्ति प्रयोग गरी सहकारीको रुपान्तरण गर्न कार्यक्रम कोशेढुङ्गा सावित हुने महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताईन ।

सहकारीमा डिजिटलाईजेसन प्रक्रियामा बाधा पु¥याउने नीगित खाडलहरु पहिचान गरी सम्बोधन गर्न, डिजिलटल सहकार्यका लागि सरोकारावालाबीच सहमति निर्माण गर्नका लागि पनि कन्क्लेभले महत्वपूर्ण दिशानिर्देशक गर्ने महासंघका नायव महाप्रबन्धक सुरेश थापाले जानकारी दिए । डिजिटलाइजेसनसँग आउने चुनौतीलाई पनि सँगसँगै सम्बोधन गर्नुपर्छ भन्ने मान्यताका साथ सहकारीका लागि अनुकूल साइबर सुरक्षा प्रणालीहरूका विषयमा पनि महत्वपूर्ण सिकाई हुने थापाले बताए ।

सम्मेलनमा पाँच वटा महत्वपूर्ण विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । नेपालमा सहकारीलाई डिजिटलाइज गर्ने विगतका अनुभव र भविष्यको रोडम्याप, सहकारी डिजिटाइजेसनको लागि डिजिटल समाधान, साइबर सुरक्षाको खतरा र न्यूनीकरणका रणनीति, डिजिटलाइजेसनका नीतिगत फ्रेमवर्क र सन् २०३० सम्म सहकारीलाई पूर्ण डिजिटलाइजेसन गर्ने एजेण्डाहरुका विषयमा प्रस्तुती हुने महासंघले जनाएको छ ।

त्यसैगरी अभियान, सरकार, प्रविधि सेवा प्रदायक र विज्ञबीच महत्वपूर्ण विषयहरुमा प्यानल छलफल गरेर निस्कर्ष निकालिने महासंघले जनाएको छ । प्यानल छलफलका विषयहरु डिजिटाइजिङ को अपरेटिभः बाधा, समस्या र सिकाइ, सन् २०३० सम्म सहकारीको डिजिटलाइजेसनका लागि आवश्यक प्रविधि र समस्या समाधान, सहकारीको डिजिटलाइजेसनका नीतिगत खाडल र सम्बोधन, समृद्ध नेपालका लागि डिजिटल सहकारीको रोडम्याम रहेका छन् ।

अभिलेख

लोकप्रिय