१५ बैशाख २०८१, शनिबार

पाँच तारा सहकारीको १६ औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश दिने

२७ आश्विन २०८०, शनिबार
पाँच तारा सहकारीको १६ औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश दिने

काठमाडौं : पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १६औं साधारणसभा सम्पन्न भएको छ । संस्थाले साधारणसभालाई प्रभावकारी बनाउन र सदस्यहरुलाई अधिकतम छलफलमा सहभागी बनाउन सभाको मोडालिटीलाई फरक बनाएको छ । संस्थाले यस पटक अतिथि र खादामाला रहित साधारण सभा गरेको हो ।

साधारण सभाको उद्घाटन सत्रमा नै लामो समय लाग्ने र दोश्रो सत्रमा सदस्यहरुको उपस्थिति न्यून रहने हुँदा संस्थाले यस वर्षदेखि साधारण सभाको मोडालिटी परिवर्तन गरेको जनाएको छ । सभाको उद्घाटन संस्थाका अध्यक्ष भोला नाथ पाठकले गरेको थिए ।

संस्थाका अध्यक्ष पाठकले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सभालाई सरल र कम खर्चिलो बनाउने उदेश्यका साथ नियमनकारी निकायको निर्देशनलाई समेत पालना गर्दै गत बर्षदेखि सदस्यहरुको माझमा मात्र विभिन्न एजेन्डाहरु माथी वृहत छलफल गरी साधारण सभा गर्ने गरेको बताए । हरेक नेपालीमा स्वदेशी वस्तुको उत्पादन र प्रयोगमा देशव्यापी बनाउन सके मुलकबाट हरेक कुरामा परनिर्भरताको अन्त्य हुने उनको भनाई छ । यसका लागि कृषिजन्य तथा उपभोग्य वस्तुको उत्पादन बढाउन आवश्यक रहेको पाठकले बताए । सहकारी ऐनले बचत तथा ऋण सहकारी संस्थालाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न बन्देज गरेकाले जगेडा लगायतका अन्य कोषलाई उत्पादनशिल क्षेत्रमा परिचालन गर्न नपाएको उनको भनाई छ । २५ वटा संस्था मिलेर व्यवसाय गर्न त्यति सहज नभएको भन्दै उनले कोषको सामाथ्र्य हेरी ५ वटासम्म संस्थालाई व्यवसायिक कार्य गर्न सक्ने गरी सहजिकरण गर्न उनको माग छ ।

सहकारी, सदस्य र सरकारको सहभागिता रहने गरी उत्पादनमा जान सके सहरको पुँजी गाँउसम्म पुग्ने र सहरमा नै रहेका सरकारी खाली जग्गामा पनि उत्पादन गर्न सकिने उनको भनाई छ । संस्थाले विगत २ बर्ष देखि सदस्यहरुलाई उद्यमशिल बनाउन र संस्थागत रुपमा पनि उद्यमशिलतता विकासको लागि उद्यम खाता सञ्चालनमा ल्याएको र उक्त खातामा ४५० सदस्यको सहभागिता रहेको उनले जानकारी दिए । उद्यमशिलताबाटै व्यक्ति र देशको आर्थिक अवस्था मजवुद बनाउन सकिने भएकाले सदस्यहरुलाई संस्थाबाट ऋण लिएर उद्यमी बन्न पाठकले आग्रह गरे ।

सदस्यहरुलाई क्षणिक ब्याजको प्रलोभनमा परेर आफ्नो संस्थामा कारोबार नछोड्न आग्रह गर्दै उनले जुनसुकै संस्थामा कारोबार नगर्न पनि सुझाव दिए ।

संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म ८ करोड ११ लाख शेयरपुँजी, ५ करोड ८६ लाख साधारण जगेडा कोष र ५२ करोड ५३ लाख ७९ हजार बचत संकलन गरी ६५ करोड ५६ लाख २३ हजार ऋण लगानी गरेको छ । संस्थाले गत आ.व.मा खुद नाफा १ करोड २२ लाख २५ हजार गरेको छ । सभाले शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोषबाट समेत गरी सदस्यलाई १५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । संस्थामा २११४ सदस्य आवद्ध रहेका छन् ।

संस्थामा आवद्ध कुल सदस्यमध्ये १५२० जनाले मासिक बचत गर्दै आएका छन् । मुलुकको आएको वित्तीय संकटका कारण संस्थाले गरेको ऋण लगानीको साँवाब्याज समयमा नआउँदा गत वर्षको तुलनामा नाफामा केहि कमी आएको अध्यक्ष पाठकले बताए । सभामा ७५ बर्ष माथीका ज्येष्ठ सदस्यहरुलाई २ हजारका दरले दशैं भत्ता उपलब्ध गराइएको थियो ।

कोषाध्यक्ष कुमार विमलीले आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक सुशीला प्रसाईंले लेखा समितिको प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । सभामा प्रस्तुत विभिन्न ११ वटा प्रस्तावलाई सर्वसम्मतले अनुमोदन गरी पारित गरेको छ ।

अभिलेख

लोकप्रिय